मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लम्फी स्कीन रोग नियन्त्रण गर्न भ्याक्सिन खरिद प्रक्रिया अघि बढाउनूः कृषिमन्त्री भुसाल

लम्फी स्कीन रोग नियन्त्रण गर्न भ्याक्सिन खरिद प्रक्रिया अघि बढाउनूः कृषिमन्त्री भुसाल

अपि टाइम्स

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले गाईभैसीमा लाग्ने लम्फी स्कीन रोग नियन्त्रणको प्रयास थालेका छन् ।
देशका विभिन्न जिल्लाका गाईभैसीमा यो रोगको संक्रमण देखिएको छ । रोगको संक्रमणले गाईभैसीलाई प्रभावित पारिरहेका बेला मन्त्री भुसालले विहीबार पशु सेवा विभागमा पुगेर रोग नियन्त्रणको प्रगतिबारे जानकारी लिँदै रोग नियन्त्रणका लागि चाहिने आवश्यक औषधि उपचार र भ्याक्सिनको उपलब्धताबारे जानकारी माग गरेका थिए ।

मन्त्री भुसाललाई विभागका महानिर्देशक डा सम्झना कुमारी काफ्ले सोबारे जानकारी दिएका थिए ।
छलफलमा मन्त्री भुसालले रोग नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए । साथै रोग प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष अनुगमन गर्न समेत उनले पशु सेवा विभाग मातहतका निकायलाई निर्देशन दिएका छन् ।

भ्याक्सिन खरिद प्रक्रिया अगाडि बढाई रोग नियन्त्रणको कामलाई अघि बढाउन मन्त्री भुसालले निर्देशन दिए ।
मन्त्रीसंगको छलफलमा विभागकी महानिर्देशक काफ्ले विभागबाट भ्याक्सिन खरिद प्रक्रिया अगाडी बढाएको जानकारी दिए । अबका केही दिनमा प्रभावित स्थानमा भ्याक्सिन पुग्ने उनले विश्वास व्यक्त गरे ।

‘सप्लायर्स मार्फत आवश्यक भ्याक्सिङ खरिद प्रक्रिया अगाडी बढेको छ । तत्काल रोक नियन्त्रणको प्रयास थाल्छौं’ काफ्लेले मन्त्री भुसालसंग भने । ।
बुधबार मात्र मन्त्री भुसालले लम्फी स्किन रोगबारे पशु सेवा विभागलाई प्रभावित स्थानमा भुर्चुअल बैठक गर्न र प्रभावित स्थानमा पुगेर रोग निधानको प्रयास थाल्न निर्देशन दिएका थिए