मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धजयन्तिको सार्वजनिक विदामा पनि कपिलवस्तु प्रशासन खुला, सयौँले लिए सेवा

बुद्धजयन्तिको सार्वजनिक विदामा पनि कपिलवस्तु प्रशासन खुला, सयौँले लिए सेवा

अपि टाइम्स

तौलिहवाः सार्वजनिक बिदाको दिन पनि जिल्ला प्रशासन कार्यालय संचालन गर्ने निर्णयले कपिलवस्तुका सेवाग्राही लाभान्वित हुन थालेका छन् ।

कार्यालयमा शंकरहरि आचार्य प्रमुख जिल्ला अधिकारीको रुपमा आएलगत्तै सर्वसाधारणले यो सुविधा पाएका हुन् । शुक्रबार बुद्ध जयन्ती एवं उभौली पर्वको सार्वजनिक विदा थियो । तर कार्यालय खुल्दा सयौँ सेवाग्राहीले बिभिन्न सेवा लिए । प्रशासनको यो निर्णयलाई सर्वसाधारणले पनि प्रसंसा गरेका छन् । जिल्ला प्रशासनको सेवाप्रवाहलाई छिटो, छरितो, चुस्तदुरुस्त र जनमुखी बनाउन यस खालको अभ्यासमा लागेको प्रजिअ शंकरहरि आचार्यले अपि टाइम्सलाई बताए । उनका अनुसार शुक्रबार करिब २ सय जनाले सेवा लिएका छन् । जसमा
पासपोर्ट लाईभ ईनरोलमेन्ट – २७ जना
पासपोर्ट वितरण – ९ जना
पासपोर्टको अनलाईन फाराम भर्नका लागि नाम, नामेसी लेख्ने कार्य– ९ (आज आएका सेवाग्राहीले आजै अनलाईन फाराम भरेको)
राष्ट्रिय परिचयपत्र ईनरोलमेन्ट– १५ जना
राष्ट्रिय परिचयपत्र (ल्क्ष्म्) नं. खोज्ने कार्य – १० जनाको
नयाँ नागरिकता – ३ जनाले लिएको
नागरिकता प्रतिलिपी– १० जनाले लिएको
राहदानी क्थकतझ मा क्भअगचभ गरिएको– ४५० थान
हजयात्रीहरुको दोस्रो किस्ताको विवरण प्रविष्टी–५२ जना रहेका छन् ।

यसअघि मजदुर दिवसको दिन र नयाँ वर्ष २०८० सालको पहिलो दिन पनि सेवा प्रदान भएको थियो । विदाको दिन पासपोर्ट, राष्ट्रिय परिचयपत्र तथा नयाँ नागरिकता बनाउने सेवाग्राही बढि आएको उनले बताए ।
जिल्लामा धेरै समस्या रहे तापनि नेतृत्व ठिक हुने हो भने धेरै कुरा परिवर्तन गर्न सकिने उनको विश्वास छ । यसकारण आफू डटेर लागि परेको उनले बताए । अब राष्ट्रिय वाणिज्य बैङ्कको कार्यलय पनि महिनादिन भित्रै प्रशासनभित्रै संचालन गर्ने उनको तयारी छ । राहदानी लगायतका राजस्व दस्तुर बुझाउन सहज होओस् भन्नको लागि एक महिनाभित्रै राष्ट्रिय वाणिज्य बैङ्कको शाखा ल्याउने उनले बताए ।

यो पनि