मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेम्बर अफ कमर्स वाणगंगाको रक्तदानबाट ४९ प्वाईन्ट रगत संकलन

चेम्बर अफ कमर्स वाणगंगाको रक्तदानबाट ४९ प्वाईन्ट रगत संकलन

अपि टाइम्स

कपिलवस्तु । चेम्बर अफ कमर्स वाणगंगा ९बाणगंगा व्यापार संघ० कपिलवस्तुको आयोजनामा २५६७ औ बुद्धजयन्तीको अवसरमा वृहत रक्तदान, शुभकामना आदानप्रदान तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
व्यवसायीहरुको हक हितका लागि स्थापना भएको उक्त बाणगंगा व्यापार संघले मायादेवी रिसोर्टमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।

बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको मुर्तिमा माल्यार्पण गरि उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले चेम्बर अफ कमर्स वाणगंगा उद्योगी, व्यवसायीहरुका छाता संगठनहरुले एकद्धार प्रणालिबाट आवाज उठाउनु पर्ने बताउनुभएको छ । पुर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका पन्थीले उद्योगी, व्यवसायिहरुको समस्या सम्बोधन गर्दै छरिएर रहेका व्यवसायिहरुलाई एकिकृत गरेर उनिहरुको संरक्षण गर्न तर्फ लाग्नु आजको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले यस बाणगंगा क्षेत्रमा भएका तिन वटा व्यावसायीका छाता संगठनहरुले एकद्धार प्रणालिबाट आवाज उठाउनु अहिलेको व्यवसायिक आवश्यकता रहेको बताउनुभयो ।

यस्तै विशिष्ठ अतिथि कार्यक्रममा बाणगंगा नगरपालिकाका उप–प्रमुख रिता कुमारी चौधरीले चेम्बर अफ कमर्स वाणगंगा स्थापनाको छोटो समयमै सामाजिक उत्तर दाईत्वका कार्यहरु अगाडि बढाउन सफल भएको बताउनुभयो । उहाँले यस्ता सामाजिक उत्तर दाईत्वका कम हरु निरन्तर अगाडि बढाउन र कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोख्रेल, नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल प्रसाद बञ्जाडे, नेपाल औषधी ब्यवसायी संघका निवर्तमान अध्यक्ष डा। धर्म राज भट्टराई, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

चेम्बर अफ कमर्स वाणगंगा कपिलवस्तुको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ४९ प्वाईन्ट रगत संकलन भएको छ । विशेष गरि रगतको अभावमा कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्य अनुरुप साथ रक्तदान, जीवन मुल नारका साथ रक्तदान कार्यक्रम गरिएको चेम्बर अफ कमर्स वाणगंगाका अध्यक्ष धनु अधिकारीले बताउनुभयो । कार्यक्रममा अतिथिहरु विभिन्न संघसंस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधि, शुभेच्छुक, पत्रकार, संस्थाका पदाधिकारी लगाएतले रत्तदान गरेका हुन । चेम्बर अफ कमर्स बाणगंगाको आयोजना, नेपाल रेडक्रस सोसाईटि बाणगंगा उपशाखा, लगायत विभिन्न संघ संस्थाको सहआयोजना, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको जनाईएको छ ।

कार्यक्रमका अध्यक्ष चेम्बर अफ कमर्स बाणगंगाका अध्यक्ष धनु अधिकारीले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले रक्तदान गर्ने सम्पुर्णमा रक्तदाताहरु, सहयोग गर्ने संघ संस्था र प्राविधिक सहयोग गर्ने संंस्थालाई पनि धन्यवाद व्यक्त गर्दै चेम्बर अफ कमर्स बाणगंगा आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यमा अगाडि बढन्ने बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष गोपाल प्रसाद खनालको स्वागत तथा महासचिव शान्त राज गैरे ९सन्तोष० को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।