मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजस्थानमाथि गुजरातको सहज जित

राजस्थानमाथि गुजरातको सहज जित

अपि टाइम्स

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग(आइपिएल) मा शीर्ष स्थानको गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि ९ विकेटको सहज जित हासिल गरेको छ।

शुक्रबार भएको खेलमा राजस्थानले दिएको १ सय १८ रनको लक्ष्य गुजरातले १ विकेट गुमाएर ३७ बल बाँकी हुँदै पूरा गरेको थियो।

जयपुरमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान १७।५ ओभरमा अलआउट हुँदै १ सय १८ रनमानै समेटियो। उसका लागि कप्तान सञ्जु सामसनले ३० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक ट्रेन्ट बोल्टले १५ रन बनाउँदा देवदत पाडिकलले १२ तथा यशस्वी जैशवालले १४ रन बनाए। राजस्थानलाई सस्तैमा समेटेको गुजरातका लागि रसिद खानले ३ विकेट लिंदा नुर अहमेदले २ विकेट लिएका थिए। त्यस्तै मोहम्मद सामी, हार्दिक पाण्ड्या र जो लिट्टेले समान १(१ विकेट लिएका थिए।

१ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातको जितमा ऋद्दिमान साह र कप्तान हार्दीक पाण्ड्याले अविजित इनिङ खेलेका थिए। साह ४१ रनमा नटआउट रहँदा पाण्ड्या ३९ रनमा अविजित रहे।

त्यस्तै शुभमन गिल ३६ रनमा आउट भए। जितसँगै गुजरातले दोस्रो स्थानको लखनउसँग ३ अङ्कको अङ्क दुरी बनाएको छ। गुजरातले १४ अङ्क बनाउँदा राजस्थान भने १० अङ्कक रहेको छ।