मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेस्सीले भने गल्ती मेरै थियो

मेस्सीले भने गल्ती मेरै थियो

अपि टाइम्स

काठमाडौं । लियोनेल मेस्सीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा गल्ती स्वीकार गरेका छन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफनो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् । सो अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, त्यो हेर्नका लागि म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक यो सोचे कि हामीले खेल पछिको दिन बिदामा हुनेछौं, जुन अघिल्लो हप्ताहरूमा पनि भईरहेको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले पनि रद्ध गरिसकेको थिए तर यसपटक भने सकिन ।’

पीएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । उनी सो सम्झौता अनुसार अब तीनवटा मात्रै खेल खेल्न पाउने छन् । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारीमा छ ।

३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् । उनलाई साउदी अरबका क्लबहरुले पनि चासो देखाइरहेका छन र उनी माथी करोडौं खर्च गर्न खोजिरहेका छन् ।