मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोत्कृष्ट महिला गीतकारको अवार्ड प्रभा बर्तौललाई

सर्वोत्कृष्ट महिला गीतकारको अवार्ड प्रभा बर्तौललाई

अपि टाइम्स

काठमाडौँ । शुक्रबार काठमाडौको नाचघरमा विध्यावासिनी म्युजिक अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । कलाकारितामा उत्कृष्ठ ठहरिएका कलाकर्मीहरुलाई वितरण गरिएको अवार्ड समारोहमा शुक्रबार चर्चामा रहेको एउटा हो प्रभा बर्तौला । महिलाले लेखेका र विक्रम संवत् २०७९ भरीमा सार्वजनिक भएका गितहरु मध्ये गितकार वर्तौलाले लेखेको ‘एउटा कथा’ शिर्षकको गितलाई बर्षभरीको सर्वोत्कृष्ट ठहर्यायाउँदै सर्वोत्कृष्ट महिला गितकारको अवार्ड प्रदान गरिएको छ ।

सो गीतमा स्वर र संगीत थानेश्वर गौतमको छ भने भिडियोको निर्देशन रामजी लामिछानेले गरेका हुन् । लामिछाने पनि उत्कृष्ट भिडियो निर्देशकका रुपमा सम्मानीत भएका छन् । हरेक बर्ष अवार्ड प्रदान गर्दै आइरहेको विध्यावासिनी म्युजिक प्रालीले अवार्ड वितरणका लागि गठन गरेको निर्णायक समितिले बर्तौलालाई वर्षको सर्वोत्कृष्ट महिला गितकारको रुपमा छनौट गरेको थियो ।

अवार्डको घोषणा तथा वितरण शुक्रबार काठमाडौको नाचघरमा आयोजना गरिएको भव्य समारोहमा भएको थियो ।गीतकार वर्तौलाले लेखेका छुट्नलाई पो रैछ क्यारे, छ मसगँ सबै छ, पिरतिको पाईला, हिमाल हल्लाउन सक्छु, ‘फुर्के धागो, ‘नाचिन्छ गाइन्छ, धानको चुली मकैको सुली, आलिमा भट्ट, गरौँ रमाइलो लगायत थुप्रै गीत लोकप्रिय छन् । उनको सबैभन्दा पछिल्लो र अति मर्मस्पर्सी गित सारा संसार एकातर्फी पनि उत्तिकै रुचाइएको छ ।

अवार्ड पाएपछि खुशी व्यक्त गर्दै उनले साहित्य र संगीतमार्फत आफूले धेरै कुरा पाएको बताइन् । “म यस क्षेत्रमा नलागेको भए परिवारजन र इष्ट मित्रको मात्रै माया पाउने थिएँ, अहिले त्यो भन्दा कैयौँ गुण धेरै अनगिन्ती दर्शक श्रोताको माया पाएकी छु, हरेक भेटमा गितको चर्चा हुन्छ, हरेक मान्छेले प्रशंसा गर्छन, त्योभन्दा ठूलो सम्पत्ति के कमाउनु रु” उनले सन्तुष्टि व्यक्त गरिन् ।

तर गीत संगीतमा लागेकाहरुलाई आर्थिक चुनौती भने सधैँ भईरहने गरेको अनुभव सुनाईन् । चितवन घर भई हाल काठमाडौमा बस्दै आएकी बर्तौलाले भनिन् “गीत निकाल्दा आफूले लगानी गरेको पैसा उठ्छ या उठ्दैन भन्ने अनुत्तरित प्रश्नले सधैँ सताउछ ।” करिब २ दर्जन गीत बजारमा ल्याएकी प्रभाले अरु पनि धेरै गीतहरु तयारीको चरणमा रहेको जानकारी दिईन । विन्ध्यावासिनी म्युजिक अवार्ड वितरण समारोहमा गित संगीत सम्बन्धी अन्य २५ विधाबाट पनि सर्वोत्कृट छनौट गरी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।