मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन लगियो‘शिशु बुद्ध’लाई लुम्बिनीबाट तिलौराकोट ?

किन लगियो‘शिशु बुद्ध’लाई लुम्बिनीबाट तिलौराकोट ?

अपि टाइम्स

बुटवल । सिद्धार्थ गौतमकी आमा मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्धलाई शोभायात्रासहित कपिलवस्तुको तिलौराकोट लगिएको छ ।

सिद्वार्थ गौतमलाई बुद्ध पूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलबस्तु लगिएको थियो । त्यही दिनको प्रतिकका रूपमा शनिबार लुम्बिनीबाट बोधिसत्व सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई शिशु बुद्व ९बोधिसत्व सिद्वार्थ० को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाएका हुन् ।

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्वलाई गृहनगर तिलौराकोट फर्कदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्वको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

२५६७ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले तीन दिने कार्यक्रम अन्तर्गत शनिबार शिशु बुद्धको शोभायात्रासंगै बुद्ध जयन्ती समापन भएको जनाएको छ ।