मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसदहरुले बैठकहरु बंक गरेपछि अब प्रतिनिधिसभामा ई–हाजिरी

सांसदहरुले बैठकहरु बंक गरेपछि अब प्रतिनिधिसभामा ई–हाजिरी

अपि टाइम्स

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएको छ ।

यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थितरअनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि उक्त समस्या हट्ने सभामुखले बताएका छन् ।

ुई–हाजिरीको बारेमा राष्ट्रिय सभाको सिकाइ र अनुभव पनि लिएर अझै प्रभावकारी बनाउँ,ु कार्यव्यवस्था बैठकमा सभामुखले भनेका थिए, ुसदनमा माननीयहरूको उपस्थिति कमजोर छ । सांसद तलबभत्ता खान आए भन्ने आम बुझाइ छ । यो हाम्रो लागि राम्रो होइन । सबै दल र माननीयहरूको ध्यानाकर्षण गराउँछु ।ु