मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन हुँदैनः नेपाल

शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन हुँदैनः नेपाल

अपि टाइम्स

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न साना ठूला सबैलाई कारबाही गर्नुपर्ने भन्दै सरकारपछि हट्न नहुने बताए । उनले दोषीलाई बचाउन आउने जस्तोसुकै उच्च दबाब सामू कुनै पनि हालतमा सरकार झुक्न नहुने जिकिर गरे।

त्यस्तै, अध्यक्ष नेपालले प्रदेश १ को नामाकरण कोशी प्रदेशमा सहमति भइसकेकाले र साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताए । उनले कोशी नामाकरण कुनै धर्म र संस्कृतिसँग नजोडिएको र प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महशुस गरेर अघि बढ्नुपर्ने बताए।

अध्यक्ष नेपालले कोशी प्रदेशका सबै जातजाति,भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले अपहेलित र उपेक्षित भएको महशुस नहुने गरि सरकारले काम गर्नुपर्ने उल्लेख गरे।