मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिपोर्टहरुले ३५ प्रतिशतसम्म उद्योगहरु विस्थापित भएको देखाउँछः विनोद चौधरी

रिपोर्टहरुले ३५ प्रतिशतसम्म उद्योगहरु विस्थापित भएको देखाउँछः विनोद चौधरी

अपि टाइम्स

काठमाडौँ — उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले नेपालले आर्थिक विकासको द्रुत अभियान सुरु गरिहाल्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रम धारणा राख्दै सांसद चौधरीले अहिले युवाहरुको साथ रहने भएकोले आर्थिक विकासको अभियान थाल्नुपर्ने बताएका हुन् ।

नेपालले आर्थिक विकासको द्रुत अभियान अहिले नै सुरु गर्नुपर्छ किनकि हामीसँग यो अभियानका सारथि युवाहरुको बृहत् पंक्ति साथमा छ, उनले भने, १०र१५ वर्षपछि हामीले युवाहरुको यो जोश खोजेर पाउने छैनौं ।

उनले अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग, छिमेकमा रहेको अवसर र पाइपलाइनमा रहेका मेघा प्रोजेक्टलाई अगाडि बढाउन सरकारलाई सुझाव दिए ।

बजारमा मन्दीका लक्षणहरु पर्याप्त देखिएको उल्लेख गर्दै चौधरीले निजी क्षेत्र हतोत्साहित बनेको बताए । उत्पादनमूलक उद्योगहरुमा २० देखि ८० प्रतिशतसम्म उत्पादन ह्रास आएको छ । जसलाई सरकारी रिपोर्टले पुष्टि गर्दै गएका छन्, उनको भनाइ थियो, निजी क्षेत्र हतोत्साहित छ । बजारमा मन्दीका लक्षणहरु पर्याप्त छन् । विभिन्न रिपोर्टहरुले ३५ प्रतिशतसम्म उद्योगहरु विस्थापित भएको देखाएका छन् । र मुख्य व्यापारिक केन्द्रहरुका सटर खुल्न छाडेका छन् ।

समस्या भए पनि ती समस्यामाथि विजय हासिल गर्न सक्नेछौं भन्ने आत्मविश्वासका साथ काम गर्न उनले सबैमा आह्वान समेत गरे ।