मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कोतपर्व’माथि फिल्म बन्ने, हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने

‘कोतपर्व’माथि फिल्म बन्ने, हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने

अपि टाइम्स

काठमाडौँ । नेपाली राजनीतिक इतिहासको चर्चित राजनीतिक घटना कोतपर्व माथि फिल्म बन्ने भएको छ। ‘कोतपर्व’ नै नाम राखिएको यो फिल्म आगामी माघ २१ गतेबाट छायांकनमा जानेछ। फिल्मलाई ‘नालापानी’ फेम्ड रिमेश अधिकारीले निर्देशन गर्न लागेका हुन्।

निर्देशक अधिकारीले फिल्मको पटकथा लेखन सकिएको बताएका छन्। राणा प्रधानमन्त्री जंगबहादुरको उदयको रुपमा हेरिने उक्त घटनाबारे अनुसन्धान गर्न तीन वर्ष लागेको उनको भनाइ छ।

महेश दवाडीले पटकथा लेखेको फिल्मका लागि अभिनेता छान्ने काम भइरहेको छ। चलेका नायकलाई फिल्ममा अनुबन्धित गराउने निर्देशक अधिकारीको तयारी छ।

फिल्मको छायांकन काठमाडौं र चितवनका विभिन्न स्थानमा हुनेछ। फिल्मका लागि इतिहास अध्ययन गर्ने क्रममा त्यतिबेला र अहिलेको राजनीतिमा धेरै समानता पाएको निर्देशक अधिकारीले बताएका छन्। उनले फिल्मको कथावस्तुका लागि इतिहासकारसँग बसेर छलफल गरेर तथ्य संकलन गरेको बताए।

यो फिल्म हिन्दी र चिनियाँ भाषामा पनि ल्याउने अधिकारीले बताएका छन्। चिनियाँ वितरकसँग पनि चीनमा रिलिज गर्नेबारे छलफल भइरहेको रिमेशको भनाइ छ।

विक्रम सम्वत १९०३ असोज २ गते भएको कोतपर्वपछि जंगबहादुर शक्तिमा आएका थिए। त्यसपछि १०४ वर्षसम्म नेपालमा जहाँनिया राणाशासन चलेको थियो।