मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ६७ हजार विद्यार्थीहरू

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ६७ हजार विद्यार्थीहरू

अपि टाइम्स

काठमाडौं– कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने भएको छ ।

एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरूले फारम भरेका छन् ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । कोभिडको कारण शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर वितरण गर्दै आएको छ ।