बैशाख २५ , काठमाडौँ । ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि फिल्मबाट ब्रेक लिएका बलिउड अभिनेता आमिर खान यतिबेला नेपालमा छन्।
आफ्नो मानसिक स्वास्थ्य सुधार्न उनी भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।
अभिनेता आमिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा गएका छन्। उनले त्यहाँ १० दिन ध्यान गर्ने बताइएको छ। यो काठमाडौंको सबैभन्दा प्रसिद्ध ध्यान केन्द्रमध्ये एक मानिन्छ।
प्रतिक्रिया