मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजकै दिन इंग्ल्यान्ड–पोर्चुगल कूटनीतिक सम्बन्ध

आजकै दिन इंग्ल्यान्ड–पोर्चुगल कूटनीतिक सम्बन्ध

अपि टाइम्स

काठमाडौँ — सन् १३८६ मा आजकै दिन ९मे ९० मा विन्डसरको सन्धि गरिएको थियो । सन्धि अनुमोदित भएसँगै इंग्ल्यान्ड र पोर्चुगलबीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो ।

पोर्चुगलका राजा जोन प्रथम र ल्यांकास्टरकी फिलिप्पाको विवाहका कारण युरोपकै सबैभन्दा पुरानो सन्धि सम्भव भएको हो । आपसी सम्झौता र समर्थनको प्रत्याभूतिका कारण आइबेरियन द्वीपमा जारी द्वन्द्व तथा अन्य कैयौं उथलपुथलबीच पनि दुई देशबीच युद्धको अवस्था टरेको थियो ।

दुई देशबीचको कूटनीतिक सन्धिका लागि आधार भने १३७३ मा इंग्ल्यान्डका राजा एडवार्ड तृतीय र पोर्चुगलका राजा फर्डिनान्ड र रानी एलिअनरबीच भएको सहमतिले कायम गरेको थियो । उक्त सहमतिले दुवै पक्षले आवश्यक परेको खण्डमा एकअर्कालाई सहयोग गर्ने र युरोपेली छिमेकीका रूपमा मित्रवत् व्यवहार गर्ने उल्लेख गरिएको थियो ।

दुई देशबीचको विशेष सम्बन्ध भने मध्ययुगीन कालदेखिको हो । त्यसयता दुई देशबीचको सम्बन्ध भने १२ औं शताब्दीदेखिको हो । सन् ११४७ मा पोर्चुगलको राजसंस्था जोगाउन इंग्ल्यान्डले सहयोग गरेको थियो । तत्कालीन राजा अफोन्सो हेन्रिक्सले लिस्बनमाथि विजय हासिल गर्नका लागि इंग्ल्यान्डसँग सहयोग मागेका थिए । इंग्ल्यान्डले गरेको सहयोगसँगै दुई देशबीच एकअर्कालाई आवश्यक परेको समयमा सहयोग गर्ने परम्परा जस्तै बनेको थियो ।