मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्याम्पियन्स लिगको सेमिफाइनलः सिटी र रियलमा कसको जादु चल्ला ?

च्याम्पियन्स लिगको सेमिफाइनलः सिटी र रियलमा कसको जादु चल्ला ?

अपि टाइम्स

काठमाडौं । एक वर्ष पहिले म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध आफ्नो युरोपेली इतिहासमा सबैभन्दा हृदयविदारक हार भोगेको थियो, तर फेरि एकपटक समय जुरेको छ। यस पटकको अभियानमा पनि सेमिफाइनलमा यि दुई प्रतिद्वन्द्वी सबैभन्दा ठुलो र महत्वपूर्ण युरोपेली रातमा आमनेसामने हुदैछन्। इङ्गलिस च्याम्पियनलाई बदलाको मौका छ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा सिटी र रियल लगातार दोस्रो सिजन एकअर्कासँग बराबरीमा ठोक्किएका छन् । गत वर्ष सिटी बर्नाबेउमा दोस्रो लेगको अन्तिम दश मिनेटमा स्तब्ध भएको थियो, नाटकीय शैलीमा। इतिहाद स्टेडियममा भएको पहिलो लेगमा ४–३ को रोमाञ्चक जित निकाल्दै स्पेन भ्रमणमा निस्किएको इङ्गलिस ‌महारथीलाई रियाद माहरेजले गोल गर्दै समग्रमा ५–३ को अग्रतामा राखेका थिए। ८९ मिनेटसम्म सिटीको फाइनल पुग्ने सम्भावना ९९५ देखिन्थ्यो।‌

तर त्यसपछि जे भयो त्यसको लागि विश्व फुटबल तयार थिएन।

वैकल्पिक खेलाडी रोड्रिगोले ९० औं र ९१ औँ मिनेटमा गोल गरे। यतिबेलासम्म रियल मड्रिडले खेल अवधिभर कुनै सट लक्ष्यमा राख्न सकेको थिएन। तर पहिलो पटक दुई सट लक्ष्यमा थियो। र त्यही गोल।

म्यानचेस्टर सिटी हतास हुन पुग्यो। खेलाडीले के भयो त्यो ठम्याउन नपाउदै अतिरिक्त समयको खेलमा पेनाल्टीमा गोल गर्दै करिम बेन्जेमाले मड्रिडलाई फाइनल पुर्याइसकेका थिए। यो रियल मड्रिड हो। युरोपको राजा। मड्रिडलाई चमत्कारिक क्लब भनिन्छ किनकि समयसमयमा यस्तै चमत्कार गरिरहन्छ।

तुलनात्मक रूपमा युरोपेली फुटबलको कम अनुभव बटुलेको‌ म्यानचेस्टर सिटीको लागि यो हारबाट केहि फाइदा पुग्यो भने त्यो हो सिकाई। यो हार थिएन म्यानचेस्टर सिटीको लागि ठुलो पाठ थियो। सिटी पनि यो कुरालाई स्विकार गर्छ। यस्तो पनि हुन सक्छ है भन्ने पाठ। विश्व फुटबलमा महत्वाकांक्षी सपना बोक्दै अगाडि बढिरहेको सिटीेले त्यसबाट कति पाठ सिकेको छ उसको परिक्षा हुनेछ यस सिजनको च्याम्पियन्स लिग सेमिफाइनलमा।

यसबिचमा धेरै कुरा बदलिसकेको छ। एउटा राम्रो बिद्यार्थी जस्तै चाँडै सिक्ने गुण सिटीसँग छ। उसको यहि विशेषताबाट सायद मड्रिड यसपटक अलिक त्रसित हुनसक्छ। किनभने यस वर्ष सिटीले रियल मड्रिडकै बराबरको क्षेमता बोक्ने अर्को युरोपियन जायन्ट बायर्न म्युनिखलाई ४(१ ले समग्रमा हराएर लगातार तेस्रो बर्ष सेमिफाइनलमा पुगे पछि कुराहरू धेरै फरक देखिरहेका छन्।

वास्तविकता के हो भने म्यानचेस्टर सिटी अघिल्लो बर्ष पनि नराम्रो या कमजोर भएर हारेको थिएन। आँकडालाई हेर्दा मड्रिडविरुद्ध सिटी हाबि थियो र राम्रो फुटबल पनि देखाएको थियो। तर च्याम्पियन्स लिगमा रियल मड्रिड फरक मुडमा आउँछ। महत्वपूर्ण क्षेणमा सिटीका सबैभन्दा गतिमान डिफेन्डर कायल वाल्कर घाइते हुनु, बिना स्ट्राइकर खेल्दा अत्यावश्यक गोलको लागि चुक्नु, सिटीको पराजय पछाडीका कारण हुन्।

सायद सिटी यस पटक सबै समस्याको समाधान लिएर सिटी स्पेन गएको छ। गतवर्षको हार भन्दा अगाडि बिगतमा हेर्ने हो भने पनि रियल मड्रिडबिरुद्ध सिटीको इतिहास कमजोर छैन। च्याम्पियन्स लिगमा मात्र हेर्ने हो भने म्यानचेस्टर सिटी र रियल मड्रिड ८ पटक भिडेका छन्। जसमध्ये ३र३ खेल दुबैले जितेका छन् र २ खेल बराबरीमा सकिएका छन्। २०२०र२१ मा सिटीले पनि मड्रिडलाई‌ क्वाटरफाइनलबाट नकआउट गरेको थियो। त्यसैले पेप ग्वार्डिओलाको टोली जित निकाल्न समक्ष छ। विशेष गरी यसबर्ष युरोपभरि सर्वाधिक ५१ गोल गरिसकेका खतरनाक स्ट्राइकर एर्लिङ हालान्डको साथ सिटीलाई छ।

प्रिमियर लिग तालिकामा पहिलो र एफए कपको फाइनलमा रहेको सिटीले ट्रफी ट्रेबलको खोजी गरिरहेको छ । मिडफिल्डर बर्नाडो सिल्भा भन्छन्, हामीले फेब्रुअरी सम्म संघर्ष गर्यौं किनकि हामीले लगातार १०(१५ खेल जित्नु अघि हामीले त्यो सामान्य दौडमा पुग्न सकेनौं, तर अब हामी धेरै निरन्तर छौं, हामी महसुस गर्छौं कि हामीसँग हरेक प्रतिस्पर्धामा मौका छ र हामी त्यसको लागि जाँदैछौं। हामी सिजनको त्यो बिन्दुमा छौं जहाँ, यदि तपाइँ एक खेलमा तपाइँको प्रदर्शन छोड्नुहुन्छ भने तपाइँ प्रतियोगिताबाट बाहिर हुनुहुन्छ। यो कठिन छ तर हामी केहि उपाधि घर ल्याउन धेरै मेहनत गर्न जाँदैछौं।

सन् २०१९र२० मा सिटीले पनि मड्रिडलाई‌ राउन्ड अफ सिक्सटिनबाट नकआउट गरेको थियो। त्यसैले पेप ग्वार्डिओलाको टोली जित निकाल्न समक्ष छ। विशेष गरी यसबर्ष युरोपभरि सर्वाधिक ५१ गोल गरिसकेका खतरनाक स्ट्राइकर एर्लिङ हालान्डको साथ सिटीलाई छ।खेलपाटीबाट