मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जग कसरी राख्ने ?

जग कसरी राख्ने ?

अपि टाइम्स

मानिसको आधारभूत आवश्यकता मध्ये गास,बास,र कपास हुन् । जीवन चलाउनका लागि सर्वप्रथम यी चीजहरु हुन आवश्यक हुन्छ । गासपछिको महत्त्वपूर्ण अंग वास हो । जहाँ बसेर हामी आफ्ना दैनिक कार्य सम्पादन गर्न सक्छौं । 

हरेक मान्छेको आफ्नै घर होस् र त्यो घरमा सुख र आनन्दमय तरिकाले जीवन कटोस्, भन्ने कामना हुन्छ । त्यही कामना पूर्तिका लागि हामी जीन्दगीभर मेहनत गरेको पैसाले घर बनाउँछौं र बस्छौं । जहाँ बसेर सम्पूर्ण जीवन बिताउनु छ त्यो ठाउँ शुद्ध छ कि छैन ? सहि दिशामा छ कि छैन ? त्यस ठाउँको वास्तु कुन उर्जाको छ ? घर बनाउनु पूर्व शिलान्यास शुभ मुहूर्तमा भएको छ कि छैन् ?  यस्ता कुरा ख्याल नगरि घर बनाई आवासीय बनियो भने दुःख,अशान्ति,अशुभ,पीडा आदि अनेक नकारात्मक समस्याहरुको सामना जीन्दगीभर गरिरहनु पर्दछ । त्यसकारण यी र यस्ता कुराहरुबाट छुटकारा पाउनका लागि शिलान्यास विधि गर्नु आवश्यक हुन्छ जसमा मूख्यतः यी कुराहरु गर्नुपर्दछ – पञ्चकलश, पञ्चशीला र वास्तु प्रतिमाको पूजा गर्नुपर्दछ ।

घर बनाउदा  सर्वप्रथम भूमिपूजन गरिन्छ । डोब वा जग खनिन्छ । डोब वा जग खन्दा विशेषतः वास्तुपुरुषको अवस्था अर्थात् मर्म स्थानमा खन्नु हुँदैन । त्यस्तै राहुको अवस्था अनुसार मुख र पुच्छरमा डोब खन्नु हुँदैन । घर बनाउन थाल्दा पहिलो डोब राहुको मुख र पुच्छर जोगाएर खन्नु पर्दछ । घर बनाउदा राहुसंगसंगै नागको शिरको पनि मूख्य भूमिका हुने गर्दछ । नागको शिर महिना अनुसार परिवर्तन भैरहेको हुन्छ तसर्थ हामीले जग राख्ने बेला नागको शिर अनुसार मिलाएर गर्न उचित हुन्छ । 

शिलान्यास गर्ने ठाउँमा वास्तुशास्त्रीका अनुसार स्थान मिलाएर दुईदेखि ढाई फिट खाल्टो खनेर त्यहाँ क्रमैले दियो,कलश गणेशको  पूजा पश्चात् शिलान्यास विधिले क्रमशः पञ्चशीला, पञ्चकलश र वास्तुप्रतिमाको पूजा गर्नुपर्दछ ।

१. पञ्चशीला

२. पञ्चकुम्भ (कलश)

३. वास्तु प्रतिमा

पञ्चशीला : –सुनको शलाकाले अथवा कुशको टुक्राले चन्दनद्वारा–नन्दाशिलामा पद्म (कमल) , भद्राशिलामा सिंहासन, जयाशिलामा तोरण र छत्र (छाता), रिक्ताशिलामा कूर्म (कछुवा), पूर्णाशिलामा चतुर्भुज बिष्णु लेखि वा सुन र चाँदीको बनाउन लगाई उक्त शिलामा बताइए अनुसार राख्ने । त्यसपछि वस्त्रले ढाकेर अभिषेक गरी नन्दा,भद्रा,जया,रिक्ता,पूर्णामा षोडशोपचारले क्रमैले निम्न देवताहरुको पूजा गर्नुपर्दछ ।

    नन्दाशिलामा ब्रह्मालाई सम्झि आवाहन गर्ने ।

–    भद्राशिलामा विष्णुलाई सम्झि आवाहन गर्ने ।

–    जया शिलामा रुद्रलाई सम्झि आवाहन गर्ने ।

–    रिक्ता शिलामा ईश्वरलाई सम्झि आवाहन गर्ने ।

–    पूर्णा शिलामा सदाशिवलाई सम्झि आवाहन गर्ने । 

पञ्चकुम्भ (कलश) पूजन विधि:

चारै दिशामा राखिएका कलशहरुलाई दक्षिणबाट उत्तरतर्फ क्रमशः घ्यू, मह , पारो, सिमाली,पञ्चरत्न,पञ्चपल्लव , सर्वोषधी, सुवर्ण प्रतिमा, पुराना पैसाहरु आदि राखेर त्यसपछि फूल अक्षता लिई प्रत्येक कलशलाई छुँदै पूजा गर्ने ।

    पहिलो कलश – पद्म कुम्भ

    दोस्रो कलश  – महापद्म कुम्भ

    तेस्रो कलश  – शङ्ख कुम्भ

    चौथो कलश – मकर अथवा विजय कुम्भ

    पाँचौं कलश – समुद्र अथवा सर्वतोभद्र कुम्भ

यसरी सबै कलशहरुको पूजागरी सबै कलशमा क्रमैले पद्म,महापद्म,शङ्ख,मकर अथवा विजय,समुद्र अथवा सर्वतोभद्रको आवाहन, पूजन, विधि पूर्वक गर्ने ।। यसरी कुम्भहरुको आवाहन प्रत्येक कुम्भको जलले क्रमश पाँचवटै शिलामा स्नान अभिषेक गराउने ।

–    पद्म कुम्भको जलले नन्दा शिलामा अभिषेक गर्ने ।

–    महापद्म कुम्भको जलले भद्रा शिलामा अभिषेक गर्ने ।

–    शङ्ख नामक कुम्भको जलले जया शिलामा अभिषेक गर्ने ।

–    मकर नामक कुम्भको जलले रिक्ता शिलामा अभिषेक गर्ने ।

–    समुद्र अथवा सर्वतोभद्र नामक कुम्भको जलले पूर्णशिलामा शिलामा अभिषेक गर्ने ।

माथिको विधि सकिसके पछि जग राख्ने ठाउँमा नै पूर्वदेखि उत्तर दिशासम्म ईन्द्रादि दशदिक्पालको चन्दन,अक्षता,फूलले क्रमैले पूजा गन पूजागर्ने । तत्पश्चात् बलि दिनका लागि पाँचै रङ्गको कपडाको टुक्रा सहित सर्सिउँ फूल अक्षता समेत लिएर प्रार्थना गर्ने ।

वास्तु पुरुष प्रतिमा आवाहन पूजन-

वास्तु प्रतिमा  :- पूजाको लागि बनाईको वास्तु भगवानको सुनको प्रतिमालाई स्थापन गरी आवाहन, प्रार्थना र पूजन गर्ने । त्यसपछि पाँचकलश माथि क्रमैले थाली राखेर ढाकी दिने । त्यसपछि सुलग्नमा दान स्वस्तिपाठ ,मंगलगान गरी देवता, पितृ तथा ब्राह्मणलाई नमस्कार गरी शिला स्थापना गर्नुपर्दछ । शिला स्थापन गर्दा क्रमैले फूल, चन्दन अक्षताले पूजा गर्नुपर्दछ ।

ईशान कोणमा नन्दालाई राखि सदाशिव रुपिणीकोे ध्यान गर्ने ।

आग्नेय कोणमा भद्रालाई राखि शिव रुपिणी शक्तिको ध्यान गर्ने ।

नैऋत्यकोणमा जयालाई राखि सदाशिव रुपिणी शक्तिको ध्यान गर्ने ।

वायव्य कोणमा रिक्तालाई राखि सदाशिव रुपिणी शक्तिको ध्यान गर्ने ।

विचमा सर्वतोभद्र पूर्णालाई राखि सदाशिव रुपिणी शक्तिको ध्यान गर्ने ।

उल्लेखित विधि अनुसार शिलान्यास पूजन सकेर विसर्जन गरी डकर्मी मिस्त्री ज्यामीलाई टिका लगाई दक्षिणा दिई पूजा गरिएको सामग्रीहरु सुम्पि सबै कलश स्थापना गरेको खाल्टो राम्ररी मिलाई पुर्ने र राम्ररी घर तयार गर्न भनि डकर्मीलाई अर्हाउने । ॐ

ज्योतिष जनार्दन न्यौपाने