मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले सचिवालय वैठकः किन गरेन टोपबहादुरलाई कारबाही ?

एमाले सचिवालय वैठकः किन गरेन टोपबहादुरलाई कारबाही ?

उपमहासचिव भन्छन् यस प्रकरणमा हतार गर्नु जरुरी छैन

अपि टाइम्स

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएर अदालतबाट पक्राउ पुर्जी जारी भएका सचिव टोपबहादुर रायमाझीबारे एमालेले पर्ख र हेरको नीति लिएको छ।

मंगलबार च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकमा सचिव रायमाझीबारे कुरा भए पनि कुनै निर्णय नभएको उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

‘हाम्रा सचिव टोपबहादुर रायमाझीबारे लामो छलफल र निर्णय गरिरहनु परेन। एमाले कानुनको पालना गर्ने कुरामा प्रतिवद्ध छ’, गुरुङले भने, ‘टोपबहादुरको नाम शरणार्थी प्रकरणमा आएको छ। यसमा हाम्रो निष्कर्ष भनेको विधिको शासन मान्ने भएकाले विधिपूर्वक कानुनलाई सघाउनुपर्छ भन्ने हो।’

गुरुङले विधिको शासन मान्ने, कानुनको शासन मान्ने पार्टीले कानुनलाई सघाउनु पर्छ भन्ने निष्कर्ष बैठकको रहेको पत्रकारहरुलाई बताए।

पत्रकारहरुले गम्भीर आपराधिक घटनामा मुछिएकाले कुनै कारबाही भयो किरु भनेर सोधेका थिए। त्यसको जवाफमा गुरुङले दोषी ठहर भइनसकेको अवस्थामा निलम्बन, निष्कासन या अन्य कारबाहीको कुरै नआउने बताए।

‘टोपबहादुरजीमाथि आरोप मात्रै लागेको हो। दोषी ठहर भइसकेको अवस्था छैन’, उनले भने, ‘यस प्रकरणमा हामीले त्यति हतार गर्नु जरुरी छैन।’