मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शरणार्थी प्रकरण देशका लागि लज्जास्पद, दोषी जति सबैलाई कारबाही हुनुपर्छः कोइराला

शरणार्थी प्रकरण देशका लागि लज्जास्पद, दोषी जति सबैलाई कारबाही हुनुपर्छः कोइराला

अपि टाइम्स


काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताएका छन् । यसमा राजनीतिक दबाव दिन नहुने उनको भनाइ छ ।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताए ।

‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन,’ डा। कोइरालाले भने, ‘उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै उनले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गरे ।

यो प्रकरणमा गृह मन्त्रालय र प्रहरी प्रशासनले गरिरहेको कामको सह्राना गर्दै उनले भने, ‘यसमा प्रहरीले गरिरहेको अनुसन्धान अब रोकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । प्रहरीले यो अनुसन्धान एउटा लेभलसम्म पुर्याउँछ, पुर्‍याउँछ ।’