मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी आउँछ भन्ने छनकसम्म थिएन खाँणलाई, ढोका नै तोडेर नियन्त्रणमा लिइएको थियो

प्रहरी आउँछ भन्ने छनकसम्म थिएन खाँणलाई, ढोका नै तोडेर नियन्त्रणमा लिइएको थियो

खाणले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुने । तर, निकै बेर खोलेनन्

अपि टाइम्स

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ गरेको खुलेको छ ।

अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि उनलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले बतायो ।

खाणको घरमा प्रहरीले बुधबार बिहानैदेखि रेकी गरिरहेको थियो । चाबहिलस्थित मैजुबहालको घरमा खाण रहेको एकिन भएपछि प्रहरी अधिकृतहरूले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसीलाई खबर गरे । डा.केसी घटनास्थलमा पुगेपछि बालकृष्ण खाणलाई पक्राउ गर्न प्रहरी घरमा प्रवेश गरेको थियो । खाण पत्नी मञ्जुसँग भिडियो कलमा कुराकानी गर्दै थिए ।

नरेन्द्र केसीलाई प्रहरीले पहिले नियन्त्रणमा लियो । नरेन्द्रलाई पक्राउ गरेपछि खाणले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुने । तर, निकै बेर खोलेनन् । निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृत भन्छन्– ‘ढोका फुटाएर पक्राउ गरेका छौँ, केहीबेर तानातान भएको थियो ।’ 

खाँण निकट स्रोतका अनुसार बुधबार बिहानसम्म प्रहरी पक्राउ गर्न आउला भन्ने उनलाई छनक थिएन । ‘नियमित काममै हुनुहुन्थ्यो, परिस्थिति सहज भएपछि यस विषयमा बाहिर बताउने तयारी थियो’, स्रोतले भन्यो, ‘तर, एक्कासी प्रहरी बिहान आइपुग्यो ।’ त्यसपछि हडबडाएका खाँणले आश्चर्य जनाएका प्रहरी स्रोत बताउँछ । त्यसक्रममा प्रहरीले ‘केही विषयमा सोधपुछ गर्न’ भन्दै टेकु जानुपर्ने बताएको थियो ।

बुटवलमा रहेका खाँण मंगलबार मात्रै काठमाडौं आएका थिए । प्रहरीका अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन खाँणले सहयोग गरेका थिए ।

आर्थिक लाभ लिएर खाँणले गिरोहलाई सहयोग गरेको प्रकरणमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा भनेका छन् । खाँणलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली खटिएको थियो ।

खाँण पक्राउ गरेलगत्तै जडिबुटीबाट उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।तस्विर कान्तिपुरबाट