मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी दुई एसएसपी, जसले ठुलो माछाको फाइल खोल्न कुनै कसर बाँकी राखेनन्

यी दुई एसएसपी, जसले ठुलो माछाको फाइल खोल्न कुनै कसर बाँकी राखेनन्

अपराध अनुसन्धान महाशाखा प्रमुख मनोज केसी पिएचडी प्रहरी हुन्

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाण्डौँ। नक्कली भुटानी शणरार्थी प्रकरणमा गज्जवले काम गरिरहेका दुई प्रहरी हुन् एसएसपीद्वय मनोज केसी र दान बहादुर कार्की । नक्कली भुटानी शणरार्थी प्रकरणको भित्रभित्रसम्म पुग्न र दोषी रहेकाहरुलाई पक्रन यी दुई प्रहरी अहिले निकै सक्रिए छन् । जसका कारण उनीहरुको चौतर्फी चर्चा र प्रसंसा हुन थालेको छ ।

औपचारिक अध्ययनमा पिएचडी हासिल गरेका मनोज केसी हाल अपराध अनुसन्धान महाशाखा मिन भवन काठमाडौँका प्रमुख छन् भने स्नातकोत्तरतह उत्तिर्ण गरेका दानबहादुर कार्की हाल काठमाण्डौँ उपत्यका प्रहरी परिसरका प्रमुख छन् । एसएसपी केसीले यस प्रकरणको अनुसन्धान गर्न र दोषीलाई नियन्त्रणमा लिन नेतृत्वदायी भूमिका खेलिरहेका छन् ।

नक्कली भुटानी शणरार्थी प्रकरणका दोषीलाई धमाधम समाइरहेका उनीहरुले पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका उच्च पदस्थ कर्मचारीलाई पनि कानुनी कठघरामा ल्याउन कुनै कसर बाँकी राखेनन् । यसपछि भने उनीहरुको चर्चा र प्रसंसा ह्वात्तै बढेको छ । शीर्ष नेताको दबाब थेगेरै उनीहरुले निष्पक्ष रुपमा काम गरिरहेको देखिन्छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ गर्न पनि उनीहरुले विशेष चलाखी अपनाएका प्रहरी उच्च श्रोत बताउँछ । खाँणलाई पक्राउ गर्न त्यति सजिलो थिएन । यहाँनेर उनीहरुले निकै मिहिनेत गरेको देखिन्छ । पूर्वगृहमन्त्री खाँणलाई प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएको खुलेको छ ।

अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि उनलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले बतायो ।

‘अदालतबाट पक्राउ पूर्जी जारी गरिएको भए हालत टोप बहादुर रायमाझीको जस्तै हुन सक्छ भन्ने आँकलन अनुसार प्रहरी चनाखो थियो । त्यहि अनुसार विहानैदेखि खाँणको घरमा रेकी पनि गरियो’, श्रोत भन्छ ‘यति हाई प्रेफाइललाई पक्राऊ गर्न सानोतिनो मिहिनेतले सम्भव थिएन । यस सफलतामा पनि एसएसपीद्धयको ठुलो हात रहेको छ ।’

यस प्रकरणका दोषीलाई कुनै हालतमा नछाड्ने पक्षमा ती प्रहरी अधिकृत रहेका बताइन्छ । प्रहरीको अनुसन्धान प्रभावित पार्न शीर्ष नेताबाट चलखेल हुन खोजिएको भए पनि त्यसबाट प्रहरी प्रभावित नुहने प्रहरी उच्च श्रोत बताउँछ । बालकृष्ण खाँणलाई हिरासतमा राख्न आजै म्याद लिने तयारी छ ।

सिआइबीले फरार टोप बहादुर रायमाझीलाई समात्न पनि पुरै शक्ति लगाएको छ । जहाँ लुकेर बसेको भए पनि चाँडै पक्राउ गरिने प्रहरी श्रोतले अपि टाइम्सलाई बतायो ।

अहिले ठुलो माछाको फाइल खोल्न एसएसपीद्धय केसी र कार्कीको भूमिका महत्वपूर्ण रहेको भनेर चौतर्फी चर्चा छ । यसै विषयमा रुटिन अफ नेपाल बन्दले एसएसपी मनोज केसीको प्रसंसा गर्दै लेखेको छ

ठुलो माछाको फाईल खोल्ने PhD प्रहरी: He is SSP Manoj KC who is currently getting appreciation for doing amazing work in “शरणार्थी” Case where he is catching big names and investigating without any pressure. He is leading the case and has also done good work in Fake Insurance, Betting cases where many people were caught. He has a PhD in Conflict Management & he is also a researcher in Policing related to community.

उसो त यी दुई प्रहरी अधिकृतहरुको विगत पनि निकै राम्रो छ । बिभिन्न स्थानमा नेतृत्वमा रहँदा उनीहरुले बिभिन्न पुरस्कार पाउने गरी काम गरेका थिए ।