मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्याम्पियन्स लिगः फाइनल नजिक इन्टर, एसी मिलान पराजित

च्याम्पियन्स लिगः फाइनल नजिक इन्टर, एसी मिलान पराजित

अपि टाइम्स

काठमाडौँ – इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ। युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको हो।

बुधबार राती मिलान डर्वीमा भएको खेलमा एसी मिलानलाई २–० ले पराजित गरे पछि इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

पहिलो हाफको ८ औं मिनेटमा इडेन जेकोले पहिलो गोल गर्दै इन्टरलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए, त्यसको केही मिनेट पछि अर्थात् ११औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाए।

पहिलो हाफमा नै २–० को अग्रता लिएको भए पनि इन्टरले त्यसपछि कुनै गोल गर्न सकेन। दुवैतर्फबाट थप कुनै गोल हुन नसके पछि अन्ततः खेल २-० को अन्तरमा इन्टर विजयी भयो।

यो पछिल्लो जीतसँगै इन्टरले मिलानलाई तेस्रो पटक पराजय गर्न सफल भएको छ।