मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर

अपि टाइम्स

काठमाण्डौ – पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ ।

खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको उपहार गैरकानुनी रूपमा बेचेको अदालतले ठहर गरेको हो ।

खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो । खानमाथि गएको अगस्टमा पाकिस्तान मुस्लिम लिगका एक सदस्यले मुद्दा दायर गरेका थिए ।

खानले उपहार राज्यकोषमा दाखिला नगरी भ्रष्ट आचरणमा संलग्न रहेको अदालतको ठहर छ ।

तर खानले आफूमाथि लगाएको आरोप राजनीतिक रुपबाट प्रेरित भएको भन्दै अस्वीकार गर्दै आउनुभएको छ ।

अस्ति पूर्व प्रधानमन्त्री खान पक्राउ परेपछि देशभर प्रदर्शन चर्किएको छ । पञ्जाबबाट एक हजार भन्दा धेरै व्यक्ति पक्राउ परेका बीबीसीले जनाएको छ ।