मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जब बेरोजगार युवाको खातामा साढे तीन अर्ब डलर भेटियो

जब बेरोजगार युवाको खातामा साढे तीन अर्ब डलर भेटियो

अपि टाइम्स

काठमाडौँ । हङकङमा एक बेरोजगार सार्वजनिक आवास किरायदारको बैंक खातामा साढे तीन अर्ब हङकङ डलर ९४४ करोड ६० लाख अमेरिकी डलर भेटिएको घटना बाहिरिएको छ।

मंगलवार अधिकारीहरूले सार्वजनिक गरेको घटना जसले अवैध तरिकाले उक्त रकम आर्जन गरेका थिए। उक्त घटना हङकङको ११४ वर्षको अपराधिक इतिहासमा आठ ठूला घटनामध्ये एक रह्यो। ठूला ८ अपराधमध्ये यो दोस्रो ठूलो घटना हो।

अनुसन्धानमा संलग्न अधिकारीहरूले उक्त रकम ९ शेल कम्पनीको नाममा ११ फरक९फरक बैंकमा राखिएको बताएका छन्। ३८ वर्षीय ती व्यक्तिसहित उनको समूहमा उनकी ३६ वर्षीय श्रीमती र थप ६ जना संदिग्धरहेको त्यहाँको भन्सार तथा अन्तस्शुल्क विभागले जनाएको छ। उनीहरू कसैको परिचय खुलाइएको छैन।

उनीहरूले मे २०२१ देखि अक्टोबर २०२२ सम्ममा ती कम्पनी खडा गरेका थिए।

करिब एक तिहाइ रकम अवैध क्रिप्टो व्यापारबाट आर्जन गरी आम्दानीको स्रोत लुकाउन ईवालेटमार्फत स्थानान्तर गरेको भेटिएको भन्सारको वित्तीय अनुसन्धान महाशाखाका सहायक सुपरिटेन्डेन्ट वोङ चिङफुले जानकारी दिएका छन्।

बाँकी २ अर्ब २० करोड रुपैयाँ २ हजारपटक गरेर सिधै खातामा स्थानान्तर गरिएको उनले बताए।

उक्त अवैध रकम दर्जनौँ व्यवसायीक कम्पनीको नामबाट चीनसहित अन्य मुलुकबाट १ सयभन्दा बढी बैंकमार्फत स्थानान्तर भएर आएको जानकारी पनि उनले दिएका छन्। एकैपटक कारोवार गरिएको सबैभन्दा बढी ७ करोड ८० लाख डलर त्यसपछि सबै अवैध रकम ११ वटा बैंकमा सीमित गरिएको भेटिएको छ।

बैंक खातामा जम्मा रकम संदिग्धहरूको आम्दानी र पृष्ठभूमिसँग मेल नहुने वोङले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी उनले दिएका छन्।