मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी, बढ्दै तापक्रम

देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी, बढ्दै तापक्रम

अपि टाइम्स

काठमाण्डौ – देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी छ । गर्मी अझै बढ्ने मौसमविद्को अनुमान छ ।

केही दिन यता देशभरको अधिकतम तापक्रम बढिरहेको छ । विराटनगरको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

मौसमविद् सन्जिब अधिकारीका अनुसार विराटनगरको अधिकतम तापक्रम हिजो ४० दशमलव ३ डिग्री सेल्सियसमा पुगेको छ ।

अन्य तराईका जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ । आज पनि टन्टलापुर घाम लाग्ने अनुमान छ ।

आज गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकी पख मौसम बदली भइ हल्का पानी पर्ने अनुमान छ ।

यस्तै, लुम्बिनी प्रदेशका तराईका जिल्लामा हावाहुरी चल्ने अनुमान छ ।