मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निडर र झोँकी वडा अध्यक्ष गिरीः कसरी हुन्छन् सधैँ नगर फस्ट ?

निडर र झोँकी वडा अध्यक्ष गिरीः कसरी हुन्छन् सधैँ नगर फस्ट ?

खुरुखुरु काम गर्छन्, आरोप र फण्डादेखि डराउन्नन्

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाण्डौँ । २०७८ वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदा कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीलाई निकै पोलियो । हुने नहुने आरोप लगाएर उनलाई पोल्न न मिडिया बाँकी रहे न त विपक्षीहरु । उनको काम गर्ने स्वभाव र शैली मन नपराउनेहरुले सकेसम्मै त्यो स्थानीय तहको चुनावमा गिरीलाई खुल्याएका धेरै प्रमाण अहिले पनि छन् ।


त्यसैमाथि आफ्नै सहोदर दाजु नेत्र गिरी आफ्नो बागी उम्मेदवार बन्दा उनलाई कम्ता चुनौति थिएन । यसपछि धेरैले भन्थे गिरीका यत्रा काण्ड सार्वजनिक भए, त्यहि माथि दाजु बागी छन् चुनाव जित्दै, जित्दैनन् । यो विषयले स्थानीयदेखि केन्द्रसम्मका मिडिया ताते ।

यो भनाई गिरीले प्रत्यक्ष परोक्ष नसुनेका पनि होइनन् । मुटुभित्र ढुङ्गा राखी हाँस्नु परेछ भन्ने स्वर सम्राट नारायण गोपालको गीतजस्तै यी विविध आरोप प्रत्योरोपले उनको मनमा पीरको गाँठो नकसिए होला होला कसरी भन्न सकिन्छ र ? उनीमाथि भ्रष्टाचार र महिला हिंसाको आरोपसम्म लगाइएको थियो ।

उसो त पहिलो कार्यकालमा पनि उनी आलोचनाको सिकार भएका थिए । नागरिकता विवादले उनलाई बदनाम गराउने प्रयास गरेको थियो । यसमा मिडिया पनि जाइलागे ।

तथापि जतिसुकै आरोप, प्रत्यारोप र फण्डा रचना गरिए पनि ती कुनै सवालले काम गरेनन् । गिरीविरुद्ध चारैतिर अँध्यारो छरिए पनि उनीसंग थियो आशा, उज्यालोपन, आत्मविश्वास, निडरता, झाँकीपन र जनसेवक बन्ने हुटहुटी ।

तिनै विशेषणको कारण हुन सक्छ चुनावी अभियानमा उनको मुहारमा कहिल्यै निरासा र अँध्यारोपन देखिएन । हँसिलो मुद्रा र आत्मविश्वास सदैव देखिन्थ्यो ।

चुनावी भाषण रन्काउँदा पनि उनी विपक्षीको मुटु थर्कने गरी बाघ झैँ गर्जन्थे । उनको पार्टी नेकपा एमालेमा गिरीले चुनाव जित्दैनन् कि भन्ने ठुलो चिन्ता थियो । तर गिरीले चुनावी भाषणमा भन्ने गर्थे ‘मैले चुनाव जित्छु’ । ‘बाहिर आएका आरोपले मेरो रौँ हल्लन्न ।’

यति मात्र होइन उनी भन्ने गर्थे ‘अहिले पनि ५ ७ सय मतको अन्तरमा चुनाव जित्छु । तपाईहरु निरास हुन पर्दैन ।’
उनलाई विश्वास थियो कि २०७४ सालको स्थानीय चुनावमा जित हासिल गरेपछि राम्रो काम गरेको छु भन्ने । जनताले माया गरेका छन् । अरुका भ्रम किन सुन्लान् र ?

तिनै जनतालाई गरेको कामको विवरण सम्झँदै उनले हाकिदमका साथ भन्थे चुनाव हारेँ भने वडा छोड्छु । वडा अध्यक्ष गिरीका यस्ता भनाई सार्वजनिक हुँदा विपक्षीको मुटु थर्कन्थ्यो भने कतिपयले खिसीट्यूरी गर्दथे ।

एउटै पार्टीमा राजनीति गरेर पकड बनाएका आफ्नो दाजु नेत्र गिरी बागी उम्मेदवार रहेको चुनावी नतिजा सार्वजनिक हुँदा उनले भारी मतान्तरमा चुनाव जिते । यसपछि राष्ट्रियस्तरसम्मै उनको चर्चा चुलियो ।

उनले चुनाव जिते पनि उनीविरुद्ध फण्डा चर्काउनेको कमि भएन । तथापी उनी खुरुखुरु आफ्नो काम गरिरहेका छन् । जनताको अपार माया पाएपछि कसको के लाग्दो रहेछ र ?

उनको कामलाई जनताले अपार माया गरिरहेका छन् । आफूविरुद्ध खनिनेहरु अहिले आफै साइड लागेको उनै वडा अध्यक्ष गिरी बताउँछन् ।

कार्यालयमा काम गर्ने दौरानमा पनि उनी नोकीझोँकी स्वभावका छन् । हृष्ट, पुष्ट र बलिष्ठ शरीर भएका उनी आवश्यक परेमा लड्न भीँड्न पनि पछि हट्दैनन् ।

उनको अर्को विशेषता भनेको सबैसंग हाँसेर बोल्नु, सबैलाई मित्रवत् ब्यावहार गर्नु र आफूसंग ठाकठुक परेकासंग पनि झुकेर बोल्नु हो । सबै दल र वर्गसंग समान ब्यावहार गर्नू उनको अर्को विशेषता हो ।

यी र यस्तै स्वभावका कारण अहिले वडामा मात्र नभई नगरभरी गिरीको हाइहाई छ । उनी भाइरल र लोकप्रिय वडा अध्यक्षको रुपममा लुम्बिनी प्रदेशमा चिनिन्छन् ।

दोश्रोपटक वडामा चुनिएर आएपछि पनि गिरीले निकै उदाहरणीय काम गरेका छन् । उनको सबैभन्दा सबल पक्ष भनेको सम्झ्यौता गरिएका काम समयमै फत्ते गर्नू ।

पहिलो कार्यकालमा पनि गिरीले ५ बर्षसम्मै लगातार अन्य वडाहरुको भन्दा बढी योजनाहरु छनौट गरेर छिटो छरितो योजनाहरु सञ्चालन, अनुगमन र फर्स्यौट (निकासा) गर्न सफल भएको रेकडमा ७ नं. वडालाई नगरपालिकामा दर्ज गराएको रेकर्ड साक्षी छ ।

आर्थिक बर्ष २०७९ । ८० मा पनि वडा अध्यक्ष गिरीले योजना छिटो निकासामा बाणगंगामै पहिलो नम्बरमा आएका छन् ।
अहिले वडा नंं ७ को जम्मा ५७ वटा योजनाहरु मध्ये ७२ प्रतिशत योजनाको फर्स्यौट भएको तथ्यांक नगरपालिकासंग छ । बाँकी काम र योजना पनि केहि समयमै सक्ने उनको योजना छ ।

प्राप्त विवरणमा योजना फर्स्यौट गर्नेमा दोस्रोमा वडा नंं ४ रहेको छ । जस्ले जम्मा ३४ योजना मध्ये ६८ प्रतिशत फर्स्यौट गरेको छ भने तेस्रोमा रहेको वडा नंं ले २ ३२ योजना मध्ये ६७ प्रतिशत फर्स्यौट गर्न सफल भएको छ । त्यस्तै वडा नंं. १ ले ४९ प्रतिशत, ३ ले ४५ प्रतिशत, वडा नंं ६ ले ४७, वडा नम्बर ८ ले ४४ ९ ले ६६, १० ले ५६ र वडा नंं. ११ ले ३७ प्रतिशत योजना फर्स्यौट अर्थात निकासा गर्न सफल भएकाको रेकर्ड नगरपालिकामा छ ।

यसरी उनले सबैभन्दा धेरै योजना सबैभन्दा छिटो सकेर निरन्तर रेकर्ड कायम गरिरहेका छन् । लक्षित बर्गका क्याची कार्यक्रम गर्नमा चतुर र चलाख वडा अध्यक्ष गिरीले अन्य विकासका काममा पनि वडाको मुहार परिवर्तन गराइरहेका छन् ।
महेन्द्र राजमार्गमा पर्ने बनगाई चोकको त उनले मुहार नै बदलिदिएका छन् । बनगाई रातिमा झलमल्ल बल्ने गर्दछ भने बाटो पनि निकै फराकिलो छ । यस्तै अन्य बाटाघाटा निर्माण, किसानको लागि सिंचाई सुविधा, शिक्षा, स्वास्थ्य लगायतका काममा पनि गिरीले अभूतपूर्ण काम गरिरहेको प्रशस्त उदाहरण छन् ।

कसरी सफल छन् त वडा अध्यक्ष गरी ?

समुहमा विश्वास
वडा नं. ७ मा वडाध्यक्ष गिरी एक्लै छैनन् । उनीसित जुझारु टिम छ । वडा सदस्य मुम बहादुर पाण्डे, हरि शंकर पौडेल, सावित्रा थारु र पार्वती सुनारले वडा अध्यक्ष गिरीलाई निकै सघाउँछन् । वडामा रहेका ८ वटा टोल विकास संस्थालाई पनि उनले निकै सक्रिय र कामकाजी बनाउँछन् ।

टोल विकास समितिको अडा अध्यक्ष भएको मान उनले दिएका छन् । अन्य वडाका टोल विकास समिति त्यति सक्रिय नभएको देखिन्छ । वडा अध्यक्ष गिरी भन्छन् ‘कुनै पनि काम गर्दा वडाको टिममा त सल्लाह हुन्छ नै सबै टोल विकास समितिका अध्यक्षलाई पनि जिम्मेवार बनाउँछौँ । कामको बाँडफाँड गछौँ । सल्लाह गरेर काम गछौँ । अनि मैदानमा जान्छौँ । उनी थप्छन् मेरो एक्लो प्रयास भन्दा पनि एकताको बलले यो सबै सफलता हासिल गरेका हौँ ।’

काम गर्ने हुटहुटी र जनताप्रतिको उत्तरदायित्व

अपिटाइम्ससंग कुराकानी गर्दा गिरीले भनेका थिए ‘कार्यालयको कुर्चिमा एक्लै बस्दा होओस् या घरमा राति सुत्दा होओस् मैले जनतालाई सम्झन्छु । जनताको अपार माया, मैले भाषण गर्दा जनताले दिएको ताली, ती निर्दोष बुबा आमाहरु । अनि झस्कन्छु र फेरि नयाँ नयाँ कामहरुको बारेमा सोँच्न थाल्छु ।’

उनी थप्छन् ‘पहिलो कार्यकालमा त्यति अनुभव थिएन तर राजनैतिक चेतना थियो । त्यहि कारण काम गर्न सक्छु भन्ने लाग्दथ्यो । जानीनजानी इमान्दारपूर्वक जनताको सेवा गरेँ । अनेक भ्रम छर्न खोजियो । जनतामा केहि लगानी गरेको थिएँ । अहिले उनीहरुले मलाई बयाज दिएका छन्, अब त मलाई गलत गर्ने छुट छैन । ७८ को चुनाव सम्झन्छु । त्यो कठिन स्थितिमा मलाई विशवास गर्नु भएको छ । अलिकति पनि घात र गद्धारी गरेँ भने उनीहरुमाथि अपराध हुन्छ । यो ५ बर्षको कार्यकालमा नगरपालिकाकै उज्यालो र नमुना वडा बनाउँछु ।’

आफैमा सम्पन्न ब्यक्ति

गिरी त्यहाँको एक स्थानीय विद्यालयका पूर्व हेडसर हुन् । जागिरे जीवनको १४ बर्ष बाँकी रहँदा उनले प्राधानाध्यापक पदबाट ४६ बर्षको उमेर राजिनामा दिएर स्थानीय तहको चुनाव लडेका थिए ।

उनी ५२ बर्षका छन् । मिहिनेत गरेर सम्पत्ति जोरेको गिरी परिवार अहिले सम्पन्न परिवारमा गनिन्छ । गिरीकी धर्मपत्नी सरस्वति गिरी पनि सरकारी जागिरे (अनमी) हुन् । ३ सन्तानमध्ये जेठो ठुलो छोरा विवेक गिरी र बुहारी बैदेशिक रोजगारीको सन्दर्भमा कोरियामा छन् । सानो छोरो विशाल गिरी जापानमा कमाइसंगै अध्ययन गर्छन् । छोरी चाहाना गिरी अहिले फार्मेसी पढ्छिन् ।
यसअर्थमा गिरीलाई कमाऔँ, भ्रष्टाचार गरौँ, कमिसन खाउँ भन्ने लोभ छैन, एक वडा सदस्य भन्छन् ‘यसकारण पनि उहाँसंग काम गर्न सजिलो भएको छ ।’

गिरी पनि अब आफू कमाउन वडा अध्यक्ष नभएको स्विकार गर्छन् । बरु उनको चाहाना र सपना ठुलो छ राजनैतिक रुपमा अघि बढ्ने । गिरी एमालेको बाणगंगा नगर सचिव छन् । ‘अबको चुनावमा मेयरसम्म दावी गर्ने उनको सपना छ । त्यसैले जतिसक्दो जनताप्रति इमान्दार भएर काम गर्ने प्रयास गरिरहेको छु’. उनी भन्छन् ।

वडाबासी पनि भन्छन् ‘वडा अध्यक्ष गिरीमा कुनै लोभ लालच छैन । हाम्रो वडा अध्यक्ष गिरीमा जनप्रतिनिधि भएर कमाउँ भन्ने छैन । बरु उहाँ कतिसम्म मनकारी हुनहुन्छ भने कसैको पीडा देखे पनि गोजिमा जे जति छ झिकेर दिइहाल्नु हुन्छ । सहयोगको वाचा गर्नुहुन्छ ।’

पार्टीको विश्वास

गिरी सफल हुनुको पछाडी उनलाई पार्टीले गर्ने विश्वास पनि हो । उनी एमालेमा केपी शर्मा ओली गुटका हुन् । केपी गुटमा भए पनि उनको काम र योगदानले पार्टीमा सबैको प्रिय छन् । पार्टीलाई दिने योगदानमा उनी कत्ति बिचल्ली नभएको देखिन्छ ।

पार्टी फुट्दा पनि सामाजिक संजालदेखि लिएर भौतिक रुपमा पनि सती साल भएर उनी उभिएका थिए । अहिले पनि पनि पार्टीका वफादार नेता मानिन्छन् । एमालेको गढ नै भएकाले ९ नम्बर वडाको जनताको विश्वास पनि उनमा छ ।नेकपा एमालेका नगर अधयक्ष युवराज पोख्रेलले गिरीमा पार्टीप्रतिको माया र योगदान निकै भएकाले उहाँका हरेक काममा पार्टीले दरो साथ दिने गरेको बताए । गिरीको जिल्लादेखि केन्द्रसम्मकै नेताले प्रसंसा गर्दछन् ।

भाषणमा दम र अरुलाई कन्भिन्स गर्ने क्षमता

विष्णु गिरी जनप्रतिनिधि मात्र नभएर कुशल वक्ता पनि हुन् । उनमा राजनैतिक, सामाजिक, शैक्षिक ज्ञान पनि छ । त्यसैले कुनै पनि विषयमा उनी धाराप्रवाह बोल्छन् । भाषणमा उनलाई भेट्टाउने नेता कपिलवस्तुमा सायदै होलान् ।

राम्रा या आफूमाथिका भ्रमलाई चिर्न उनी सजिलै सक्छन् । ढाड पछाडी जेजे भने गरे पनि विपक्षीले उनको अगाडी केहि भन्ने आँट गर्न सक्दैनन्, उनको जिकिर छ । यदि अगाडि आए भने पनि उनी दुर्भाव राख्दैनन् । कुराकानी गरेर कन्भिन्स गरिहाल्छन् । त्यसैले देख्न सकिन्छ उनका वैरी भनिनेहरु पनि आज मित्र छन्।

वडा अध्यक्ष गिरीले आलोचनाबाट डराउने र भाग्ने गर्न नहुने सुझाउँछन् । सार्वजनिक पद धारण गरेपछि ज्यादा आलोचना आउनु स्वाभाविक रहेको भन्दै त्यसलाई सहज रुपमा लिनुपर्ने उनको धारणा छ । आफ्नो ब्यक्तिगत जीवनमा प्रसंसासंगै आलोचना, आरोप प्रत्यारोप पनि उत्तिकै आएकाले जुनसुकै स्थितिमा पनि सहज बन्दा सफलता हासिल भएको उनले बताए ।

जनताप्रतिको उत्तरदायित्व गलत नियत र सोँच नभएमा कसैले केहि गर्न नसक्ने उनको विश्वास छ । वडामा अझै धेरै काम गर्न बाँकी रहेकाले रचनात्मक सुझाव दिन पनि अपि टाइमसमार्फत् आग्रह गरे । काम गर्दा सबैको चित्त बुझाउन भने नसकिने उनको अनुभव छ ।