कपिलवस्तु । नेकपा एमालेका नेता टेकराज पौडेलले पार्टी सुधारको लागि बिभिन्न सुझावहरु पेश गरेका छन् । पार्टी केन्द्रिय कमिटिको बैठक बस्दै गर्दा महासचिब शंकर पौडेलले सुझाव माग गरे अनुसार उनले लामै सुझाव पठाएका छन् ।
उनले केके सुझाव पठाए त ? उनको फेसबुकबाट यहाँ जस्ताको तस्तै साभार गरिएको छ ।
एमाले महासचिब क .शंकर पोख्रेलज्युले केन्द्रिय कमिटिको बैठक बस्दै छ । एमालेलाई सुदृढ गर्न तपाइको के कस्ता सुझाब छन प्रेषित गर्नु होला भन्ने लेख्नु भएकोले मलाई लागेका सुझाब पेश गरेको छु ।
#फाल्गुण पहिलो हप्ता देखि बैशाख ९ सम्म सन्चालित दुई महिने मिसन ग्रासरुट अभियान सम्पन्न भएको छ यस्को मुख्य उद्धेश्य “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न सक्ने गरी एकल बहुमत प्राप्त वलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई बिस्तार गर्ने थियो ।” अभियानको सफलतासंगै अवसरवाद र अराजकतावादमाथि विजयको आधार तयार हुने आषा पनि गरिएको थियो । खास गरी केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासंग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसंग जोड्ने अभियानको रुपमा पनि बुझिएको थियो । समग्रतामा सिंगो पार्टीलाई आम जनतासंग जोड्ने अभियान पनि भन्ने गरिएको थियो । यो अभियानको माध्यमबाट कार्यकर्ताहरुको वैचारिक र राजनीतिक स्तर माथि उठाउन सहयाेग हुने अपेक्षा समेत गरिएको थियो । यो अभियानको सफलताबाट वडा तहदेखि नेतृत्व विकासको आधारशीला तयार हुने अपेक्षा पनि थियो ।
यस अभियानको क्रममा सामाजिक र जनसरोकारका विशिष्टिकृत मुद्दाहरु पहिचान हुने अपेक्षा थियो । पार्टीमा उत्पन्न जटिल समस्याको पहिचानगरी त्यसको समाधानको उपाय खोज्ने । स्थानिय तहमा पार्टी एकतावद्ध र सुदृढ गराउने , र स्थानिय तहमा विद्यमान अन्तरविरोध समाधानमा नेतृत्वको ध्यान जाने ,
सबै टोल र वस्तीमा पार्टी कमिटी विस्तार गर्ने । आधारभूत तहका टोल र गाउँहरुमा कमिटीहरुको पुनर्गठन गर्ने ।
-पार्टी सम्वद्ध सबै जनसंगठनका आधारभूत तहसम्म कमिटीहरु निर्माण गर्ने । सबै वर्ग र समुदायका वीचमा जनसंगठन मार्फत पार्टीको प्रभावलाई विस्तार गरिने छ आदि आदि ।
सुझाबहरु :-
#पार्टीको सङ्गठनात्मक जीवन २०७४/७५ साल देखि अबरुद्ध भै आएकोमा अब लयमा फर्किएको छ ।साङ्गठानिक अराजकता अब अन्तिम अन्तिम चरणमा छ । कम्तिमा वडा तहसम्म पार्टी कमिटी र पालिकासम्म जनबर्गिय सङ्गठनका कमिटिहरु चलायमान हुने स्थिति बनेको छ ।
#कार्यकर्ता र जनप्रतिनिधि अनि जनता र जनप्रतिनिधि बिचको सम्बन्धका कारण पार्टी दिनानुदिन समस्यामा जेलिदै छ ।यो बिचमा एमालेबाट जितेका जति पनि वडा ,पालिका, प्रदेस वा संघका जिम्मेवार नेताहरु प्रति जनताको अपेक्षा अत्यधिक देखिन्छ । जनप्रतिनिधिहरुको क्षमता, रुचि , इमान्दारीताका साथ बिकाश , न्याय, समानताको पक्षमा दृढताको साथ न उभिने हो र हालका ब्यबहारमा परिबर्तन नहुने हो भने पार्टीको भबिष्य गम्भिर मोड तर्फ जाने छ । यस प्रति यो अभियानमा प्रयाप्त ध्यान नपुगेको हो कि ? समय नपुगेको हो ? समस्या जहाँको त्यहि छ ।
#पार्टीका जिल्ला नेतृत्व देखि माथिका जत्ति पनि नेताहरु छौ ।जो पार्टीको हित कसरि हुन्छ भन्ने छैन कि मेरो ब्यक्तिगत हित कुन कुन नेताको पछि लाग्दा हुन्छ भन्नेमा केन्द्रीकृत छ । यसको मतलब केन्द्रिय तहका नेताहरु पनि तल्ला कुन कार्यकर्तालाई बोक्दा आफ्नो भबिश्य सुनिस्चित हुन्छ र अझ खास गरि खल्ति मोटो भएको कार्यकर्तासङ्गको सम्बन्ध सुमधुर बनाउने ध्याउन्नमा लागेको देखिन्छ । निर्वाचनको बेला एउटै समय टिकट दिने मापदण्ड “पार्टीको झोला बोकेको कि झोला भरि पैसा बोकेको” हुने गरेको छ । पार्टी नेताहरुले निर्वाचनको बेला टिकट बाड्दा दुई जना एउटै नम्बर आउने वाला जनप्रतिनिधिका दाबेदार छन भने को आफ्नो नाता नजिकको छ ? को हुदा आफुलाई मात्र ब्यक्तिगत फाइदा बढि होला भनेर नजिक र ब्यक्तिगत फाइदालाई हेरेर बितरण गरिने गरेको नाग्गो आखाले देखिदै आएको छ । यसको समाधान खै ? कस्तो बिधि र पद्धति बनाउनु हुन्छ यसको समाधानको लागि ? यो रोग प्रत्यक जिल्ला प्रत्यक पालिकामा छ ।
#अधिकाम्स नेताहरु जनताको समस्या भन्दा ब्यक्तिगत फाइदामा लिप्त छन ।
#गुटबन्दी नगर – जिल्ला देखि केन्द्रीय हाईकमान्ड सम्म छ ।
#गुटबन्दि प्रदेशगत रुपमा कार्यकर्ताको भनाई र मनोदशाबाट बुझ्न सकिन्छ कि
लुम्बिनि मै महासचिब क .सन्कर पोख्रेल र उपाध्यक्ष बिष्णु प्रसाद पौडेल बिच अनमेलका आन्तरिक खेलका सुचना बेला बखत आइरहेकै हुन्छन । खास गरि प्रदेश राजधानि तयको बिषय र दशौ महाधिबेशनको पद बिभाजनका कारण पनि यो अनमेलको सम्बन्ध अझै झाङिएको अवस्था रहेको र कार्यकर्ताले कुरा उठाउदा मुसुक्क हास्ने र हामिले मिलेर काम गर्दछौ भन्ने बाहेक केहि सुन्न पाइदैन भन्ने छ । गन्डकिमा पुर्व मुख्यमन्त्री द्वय पृथ्वी सुब्बा गुरुङ्ग र खगराज अधिकारी बिचको अन्तरसम्वन्धन निकै चिसो र घातक छ भन्ने कुरा ब्यापक नै छ । पस्चिममा लेखराज भट्ट र भिमरावल बिचको दुरि बढाउने कामले भिम रावल पार्टीबाट टाढिदै छन । पुर्वमा हिक्मत कार्कि जीहरु र शेरधनजिहरुको सम्बन्ध सम्भवत राम्रै होला ! खबर मात्र दुर क्षितिज सम्म न आइपुगेको हो कि ? मधेशमा त दुई तिन ग्रुप नगराउने हो भने त्यहाँको राजनितिमा मिठास नै आउदैन भन्ने छ ।
#पार्टी अध्यक्ष ज्युको सचिबालयले केहि मान्छेलाई बालकोटको सोफासम्म जाने अनुमति दिने र पार्टीका पुराना इमान्दार नेता कार्यकर्ताहरुलाई समय नै नदिने ब्यापक आलोचना छ ।
#अध्यक्ष कमरेडले सिमित मान्छेको मात्र सुचनाको आधारमा जिल्ला पालिकाको धारणा बनाउनु हुन्छ जो सबै सत्य हुदैन सुचना दिने ब्यक्तिले आफ्नो स्वार्थलाई ध्यान दिएर गरेको हुन सक्दछ भन्ने कुराको ख्याल गर्नु हुन्न भन्ने आरोप छ ।
#अध्यक्ष ज्युले आफुलाई “बा” भन्ने र ब्यक्तिगत फाइदा लिने छोराछोरी सङ्ग सतर्क हुनु पर्ने देखिन्छ ।
#पार्टी अध्यक्ष कम्रेडले जिल्ला सम्मको गुटबन्धि देख्नु भएको छ भने उपल्लो लेबलमा भएको गुटबन्दी र अनमेल प्रति अन्देखा गर्दा आफु राजनितीमा सकृय हुन्जेल त त्यस्ले काम गर्ला तर उहाँको शेष पछिको राजनितीमा यो गुटबन्दीले आफुले बनाएको पार्टी कहाँ पुग्ला भन्ने कुराको गम्भीरता साथ ठन्डा दिमागले सोच्नु पर्द की ।#एकान्ताका नेपालको एउटा कम्युनिस्ट पार्टीका अध्यक्षले पार्टी भित्रका दोस्रो तेश्रो तहका नेताहरुको अन्तर्बिरोध बढाउने र आफु सुप्रीमो हुने कुटनितिले पार्टी चलाएको देखिएकै हो । लगभग त्यस्तो प्रकारको अन्तर्बिरोध नभए पनि एमालेका उपल्लो सचिबालय लेबलमा रहेका नेताहरु हार्दिकताका साथ एकमन भएर नबढे सम्म तल्लो लेबलको ग्रासरुट मिसनले सफलता पाउदैन ।
#धेरै जसो जिल्लामा भएको मिसन पछिको समिक्षाले पार्टीको तल्लो निकाय आफैमा ठिक छ मुहान सफा भएर प्रबाह भएको खन्डमा चुहान हिउ जस्तै उज्यालो सफा दाग रहित हुने छ भन्ने छ ।
#यहि अवधिमा नेपालका दुई ठुला कम्युनिस्ट पार्टी एकीकृत पनि भएका हुन ।नेपाली श्रमजिबि जनताको चाहना पनि नेपालको कम्युनिस्ट पार्टी एक हुन र जनताको याबत समस्या समाधान हुन भन्ने चाहाना थियो र त्यो एक हद सम्म पुरा हुने स्थितिमा थियो । त्यो बिभिन्न शक्ति, नेतृत्व तहका को चाहनाले सफल हुन दिएन ,भएन । अब यो प्रयास गर्ने कि !
#एमालेमा भएका भिम रावल लगायतका नेताहरुलाई पुन कृयाशिल गराउने काममा किन अल्छि गर्ने !
#पार्टी अध्यक्ष ज्युका लागि देश भरका कार्यकर्ता समान हुन कसैलाई छोराछोरी बनाउने र कसैलाई नजिकै पर्न नपाउने परिस्थिति आउन नदिनु निस्चय नै राम्रो हुने छ ।
#सकिन्छ भने नेकपा एकीकृतलाई पनि एमालेमा समाहित गर्ने कुरा किन पहलकदमि नलिने !
#पार्टी सचिब टोपबहादुर रायमाझिलाई शरणार्थी कान्डमा निलम्बन गरेकोमा ठिक लागेको छ यसै गरी पार्टी भर्स्ट्रचारमा सम्लग्न जो सुकै नेता कार्यकर्ताहरुलाई छानबिनको दायरामा ल्याउनमा सहयोग गर्नु एमालेको विशेषता बनाउने काम गर्नु पर्दछ ।
२०४६ यताका सम्पुर्ण भस्ट्रचारका केशहरुको केश उजागार गर्ने र अस्वभाविक सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउने कामको नेतृत्व एमालेले लिनु पर्दछ ।
प्रतिक्रिया