मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप छनोट खेल्नु अघि नेपालको दक्षिण अफ्रिका भ्रमण तय

विश्वकप छनोट खेल्नु अघि नेपालको दक्षिण अफ्रिका भ्रमण तय

त्यहाँका विभिन्न टोलीहरुसँग अभ्यास खेल खेल्ने

अपि टाइम्स

काठमाडौं । आगामी महिना जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोली जेठको दोस्रो साता तयारी तथा केही अभ्यास खेलका लागि दक्षिण अफ्रिका भ्रमणमा जाने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का एक पदाधिकारीका अनुसार नेपाली टोली दक्षिण अफ्रिका जाने तय भईसकेको र त्यहाँका विभिन्न टोलीहरुसँग अभ्यास खेलको कुरा भईरहेको बताए ।

नेपालमा बर्षादको समय पनि सुरु हुन लाग्यो । अभ्यासका लागि सहज वातावरण नदेखेर क्यानले खेलाडीहरुलाई अभ्यासका लागि विदेश पठाउने तयारी गरेको हो । ती पदाधीकारीले खेलपाटीसँग भने विश्वकप छनोट प्रतियोगिता जिम्बावेमा हुदै गरेकोले अफ्रिकी कन्डिसनमा तयारी गर्दा केही फाइदा होला जस्तो लागेर दक्षिण अफ्रिका रोजेका हौं ।

लगातार विभिन्न प्रतियोगितामा सहभागी भएका खेलाडीलाई अहिले आराम दिईको समेत उनले बताए ।

लिग टू र एसीसी प्रिमियर कपमा खेलाडी लामो समय व्यस्त रहेकाले अहिले सबै जना केही दिनको बिदामा रहेका छन् । केही दिनमा खेलाडीहरु जम्मा भईसकेपछि केही दिन नेपालमा नै बन्द प्रशिक्षण हुनेछ, उनले भने केही दिन यता तयारी गरी सकेपछि टिम थप अभ्यास तथा केही अभ्यास खेलका लागि दक्षिण अफ्रिका जानेछ ।

विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ ।

सुपर लिगमा सहभागी रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे र नेदरल्यान्ड्सले यस अघि नै विश्वकप छनोट खेल्ने पक्का भईसकेको छ । त्यसमा अब आयरल्यान्ड पनि थपिएको छ ।

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् । यसमा अब दक्षिण अफ्रिका थपिएको छ ।

विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।

क्रिकेट विश्वकप छनोट खेल्ने १० टोली

वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई