मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि नभएका बेला किन बस्न थाल्यो रास्वपा संसदीय दलको बैठक ?

रवि नभएका बेला किन बस्न थाल्यो रास्वपा संसदीय दलको बैठक ?

अपि टाइम्स

काठमाडौँ । राष्ट्रपतिले बुधबार मात्र प्रमाणीकरण गरेको नागरिकता विधेयक र सरकारले ब्युँताएको सांसद विकास कोषबारे छलफल गर्न आज (बिहीबार) राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को संसदीय दलको बैठक बस्दै छ।

रास्वपा स्रोतका अनुसार बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भए पनि अझै सुरु भएको छैन ।

बैठक संसदीय दलका कार्यवाहक नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्नेछ। किनकि पार्टी सभापतिसमेत रहेका दलका नेता रवि लामिछाने बुधबार पत्नीसहित भारत गएका छन्।

व्यक्तिगत कामका लागि भन्दै लामिछाने मुम्बईमा भएकै बेला रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो।

नागरिकता विधेयक र सांसद विकास कोषका विषयमा रास्वपाभित्र एकमत छैन। नागरिकता विधेयकका विषयमा सभापति लामिछाने र सांसद मनीष झाको फरक धारणा सार्वजनिक भइसकेको छ।

यस्तै सांसद विकास कोषबारे पनि रास्वपाभित्र फरक–फरक धारणा छन्। रास्वपा सांसद सुमना श्रेष्ठले यसको विरोध गरेकी छन्।