मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगामा मोहनले चक्कु प्रहार गरी प्रेमिका अञ्जनी र काकाको किन गरे हत्या ?

वाणगंगामा मोहनले चक्कु प्रहार गरी प्रेमिका अञ्जनी र काकाको किन गरे हत्या ?

अपि टाइम्स

वाणगंगा । प्रेमिकासंग खटपट परेका पछि कपिलवस्तुको बाणगंगा नगरपालिका – ६ मटेरियामा आक्रोसित एक युवाले आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन्। बिहीवार बिहान सवा नौ बजेतिर रुपन्देहीको कंचन गाउपालिका २ का २२ बर्षिय मोहन थारुले प्रेमिका २२ बर्षिया अन्जीन थारु र उनका काका ७० बर्षिय बम बहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन्।

चक्कु प्रहार पछि दुबै जना गंभीर घाईते भएका थिए। बम बहादुरको ४ नम्बरमा उपचारकोक्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए। चक्कु प्रहार गर्ने मोहन थारु प्रहरी नियन्त्रणमा छन्। मोहन र अन्जनी बिच प्रेम सम्बन्ध थियो। दुबै बिच केही बिषयमा बिवाद बढे पछि अन्जीनीले मोहनलाइ बेवास्ता गर्दैै आएकी थिईन्। सोही बिषयमा बदला लिन मोहन बिहान आफ्नो घरबाट मटेरिया पुगका थिए। घटनाको अनुसंधान र सोधपुछ भईरहेको प्रहरी नायब उपरिक्षक घलले बताए । घटनाको कारण प्रेम सम्बन्ध रहेको बताइएको छ । मोहनले प्रेममा खटपट परेपछि घटना घटाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।