मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डलाई कसले स्वागत गरे मुख्य कुरो होइन, के गरेर आउँछन् ?

प्रचण्डलाई कसले स्वागत गरे मुख्य कुरो होइन, के गरेर आउँछन् ?

अपि टाइम्स

काठमाडौँ । चारदिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतमा देखिएको एक दृशय नौलो थियो । इन्दिरागान्धी विमानस्थलमा प्रधानमन्त्री दाहाल पुग्दा त्यहाँ स्वागतमा थिए राज्यमन्त्रीसहितको टोली । भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले लगायतले दाहाललाई स्वागत गरे ।

त्यो बेला प्रधानमन्त्री प्रचण्डको स्वागतमा विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शन गरिएको थियो। भारतका महिला कलाकारको नाचले नेपाली सामाजिक संजाल तात्यो । महिलाको नृत्यको विषयलाई लिएर बिभिन्न अड्कलबाजी भयो भने प्रधानमन्त्रीको खिल्ली उडाउने काम पनि भयो ।

यही विषयमा रुपन्देहीका एक जना वामपन्थी युवा नेताले त्यो फोटो र दृश्यलाई लिएर नकारात्मक टिप्पणी गर्न नहुने धारणा राखेका छन् । सामाजिक संजाल दाहाल समावेश त्यही फोटो शेयर गर्दै पौडेल लेख्छन्
‘जनताको औसत चेतना लेवल’ प्रचण्ड भारत भ्रमणमा गएको वेला लिन कुन लेवलको व्यक्ति आयो रु स्वागत कसरी भयो ?बसाइँको पोजिसन कस्तो भयो ? यसका आधारमा भ्रमणको विश्लेषण गरेको पाइन्छ । जनताको औसत चेतना लेवलले यस्तै कुराहरु मात्र देख्न सक्छ । उनलाई को लिन आयो ? कस्तो गाडीमा आयो ? कुन होटलमा बसे ? मुख्यकुरा त्यो होइन । मुख्य कुरा भ्रमणमा जाँदा के गरेर गए ? के गरेर आउछन् ? त्यसको आधारमा भ्रमणको विश्लेषण गर्नुपर्दछ । भ्रमणमा जादा राष्ट्रघाती नागरिकता विधेयक प्रमाणिकरण गराएर गएका छन् । फर्कदा के के गरेर आउछन् ? हेर्न बाँकी छ । हामीले सजिलोसँग अनुमान लगाउन सकिन्छ उनले राष्ट्रघाती संझौता गरेर नै फर्कने छन् । हामीले समाजमा देख्ने गरेका छौं, श्रीमान विदेशबाट नेपाल आउदा कतिपय श्रीमती काठमाडौं एयरपोर्ट लिन पुगेका हुन्छन् । कतिपय लिन गएका हुन्नन् ? यसको आधारमा श्रीमान श्रीमतीको सम्बन्धका बारेमा केही भन्न मिल्दैन ।