मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ लगातार बढ्दै, आज फेरि नयाँ रेकर्ड

सुनको भाउ लगातार बढ्दै, आज फेरि नयाँ रेकर्ड

अपि टाइम्स

काठमाण्डौ । हिजो भाउ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि बढेर अहिलेसम्मकै महँगो भएको छ ।

आज तोलामा ५ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको थियो ।

आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ अझै बढ्ने सम्भावना रहेको महासंघले जनाएको छ ।

यसअघि गएको वैशाख २१ गते सुनको भाउ तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी हिजो तोलाको एक हजार तीन सय ९५ रुपैयाँ थियो ।