मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतले सित्तैमा दिने मुर्रा राँगाको मुल्य, एउटैको ७ करोडसम्म

भारतले सित्तैमा दिने मुर्रा राँगाको मुल्य, एउटैको ७ करोडसम्म

अपि टाइम्स

काठमाडौँ । भारतले नेपाललाई पहिलोपटक शतप्रतिशत अनुदानमा दिन लागेको मुर्रा राँगा निकै महंगो भएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे २४ बुँदे वक्तव्य जारी गर्दै भारतले नेपाललाई १५ वटा मुर्रा राँगा दिने जनाएको छ ।

ती राँगाको भारतीय मुल्य नै ३ देखि ४ करोड रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय श्रोत बताउँछ । भारतमा भने किसानको लागि १ करोड भारतीय रुपैयाँमा यो राँगा खरिदविक्री हुन्छ । यसरी हेर्दा एउटै राँगाको नेपाली मुल्य ५ करोडदेखि ७ करोडसम्म रहने देखिन्छ ।

मन्त्रालयका अनुसार नेपालले भारतसँग ५ वर्षदेखि उन्नत जातको नश्ल विकासका लागि वीर्य उत्पादन गर्ने मुर्रा राँगो माग गरिरहेको थियो । नेपालले भारतसँग ३० वटा मुर्रा जातको राँगो माग गरेको थियो ।

मन्त्रालय श्रोतका अनुसार यी राँगालाई चाँडै स्थल मार्गबाट नेपाल ल्याइने छ । त्यतिञ्जेलसम्म कार्यविधि बन्ने छ । भारतको नेश्नल डेरी रिसर्च इन्ष्टिच्युट विश्वविद्यालय कर्नालबाट बिक्री वितरण भइरहेको यो प्रजातिको राँगा अहिलेसम्म भारतले कुनै देशलाई पनि सित्तैमा दिएको छैन । मन्त्रालय भन्छ ‘नबुझेर यसको नेगेटिभ टिप्पणी भइरहेछ । नेपालका सबै कृषक दाजुभाइदिदीबहिनीले गर्व गर्नुपर्दछ कि हामीले भारत सरकारबाट ७५ करोड रुपैयाँ बराबरका राँगा सित्तैम पाएका छौँ ।’

यसरी प्राप्त राँगाहरूलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगञ्ज र लाहानमा व्यवस्थापन गरि उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यको लागि उपलवद्ध गराइने व्यवस्था गरिने छ’, विज्ञप्तिमा भनिएको छ।यसले नेपालको दूध उत्पादन क्षमता तथा भैंसीको नश्ल सुधारमा फड्को मार्नेछ ।