मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा कपिलवस्तु क्षेत्र नं १ मा ५ जना विजयी, थापाको सर्वाधिक मत

रास्वपा कपिलवस्तु क्षेत्र नं १ मा ५ जना विजयी, थापाको सर्वाधिक मत

अपि टाइम्स

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीको कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा वाणगंगाका मेडिकल व्यवसायी बिक्रम थापा निर्वाचित भएका छन् ।

पार्टीको मुलुकका १६५ निर्वाचन क्षेत्रमा भएको आन्तरिक निर्वाचनमा क्षेत्र नम्बर एकमा थापाले बाजी मारेका हुन् । ८ जनाको उम्मेदवारी दर्ता भएकामा थापाले सबैभन्दा धेरै १ सय ८५ मत ल्याएका थिए । केहि समयअघि रास्वपामा प्रवेश गरेका थापा २५ बर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत छन् । यस्तै सोही निर्वाचन क्षेत्रमै रामकला बस्याल १८१ मतसहित दोश्रो हुँदै विजयी भएका जिल्ला सभापति शिव कुमार सुवेदीले अपि टाइम्सलाई जानकारी दिए ।

थापा र बस्यालसहित शुद्धोधन गाउपालिकाका सञ्जुसिंह बिष्ट र मायादेवी गांउपालिकाका नवीन कुमार चौधरीले समान (१७३) र वाणगंगाका हेमन्त कुमार श्रेष्ठ (१६८ ) मत ल्याएर विजयी भएका छन् ।

विधानमा ५ जना चयन हुनपर्ने उल्लेख छ । प्रतिस्पर्धामा युवा नेता सुशील खत्री, देवीलाल कंडेल र गोबिन्द घिमिरे रहेका सुवेदीले बताए । सर्वाधिक मत ल्याएका थापाले अब संगठनलाई बलियो बनाएर जाने बताए । आफूलाई मत दिने सबैलाई धन्यबाद दिँदै उनले आगामी दिनमा कपिलवस्तु रास्वपा बलियो हुने समेत दावी गरे ।

कसले कति मत ल्याए ?