मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्च अदालत र दलहरू विरुद्ध ठाउँठाउँमा प्रदर्शन

सर्वोच्च अदालत र दलहरू विरुद्ध ठाउँठाउँमा प्रदर्शन

अपि टाइम्स

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरकालीन अन्तरिम आदेश विरुद्धमा मधेशको विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।

नागरिकता विहीन युवाहरूले धनुषाको ढल्केवरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पनि जनमत विद्यार्थी संघ धनुषाले घेराउ गरि प्रदर्शन गरेको छ ।

यस्तै विराटनगरमा पनि प्रदर्शन भएको छ ।

उनीहरू संशोधित नागरिकता ऐन प्रमाणीकरणको विरोध गर्ने दलहरु नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका दलविरुद्ध पनि नारावाजी गरेका छन् ।