मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको प्रष्टिकरण- कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्ने प्रस्ताव गरेको छैन

प्रधानमन्त्रीको प्रष्टिकरण- कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्ने प्रस्ताव गरेको छैन

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव आफूले नराखेको प्रस्ट पारेका छन् ।
भारत भ्रमणबाट फर्किएपछि संसद्लाई त्यसको जानकारी दिने क्रममा प्रधानमन्त्री दाहालले उक्त भूमि नेपालको हो भन्ने स्थापित गर्नका लागि आफू लागेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले सीमा समस्याबारे आफ्नो स्पष्ट धारणा रहेको र भारत भ्रमणमा पनि त्यै राखेको बताए । मैले कहिँ पनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्ताव गरेको छैन ।
प्रस्ट होस्, कहिँ कोही कन्फ्युजन नरहोस् । हामीले भनेका छौं कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो, नेपालको भूमि हो भन्ने स्थापित गर्ने कुरामा म प्रस्ट छु, उनले भने, मैले त्यहीअनुसार आफ्नो भूमिका खेलेको छु, माननीय सदस्यहरूले तथ्य र तर्कलाई, सिधा देखिएको कुरालाई हामी कसैले पनि घुमाउने कोसिस नगरौं भन्ने मेरो अनुरोध छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल र भारतबीचको सीमा विवाद समाधान गर्नुपर्छ भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिएकोप्रति खुसी हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।