मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले भन्यो-सरकारको लम्पसारवादका विरुद्ध उभिन्छौँ

एमालेले भन्यो-सरकारको लम्पसारवादका विरुद्ध उभिन्छौँ

अपि टाइम्स

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको भूमि सट्टापट्टा गर्ने जस्ता विषय उठाएको भन्दै प्रतिनिधिसभाको बैठकमा आपत्ति जनाएको छ ।

बैठकमा एमाले सांसद योगेश भट्टराईले समय लिएर बोल्दै नेपालको भूमि साट्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उल्लेख गरे ।

कालपानी लिपुलेक लिम्पियाधुरा कुनै पनि सर्तमा नेपालको भूमि विदेशीलाई दिने हक प्रधानमन्त्रीलाई दिएको छैन । उहाँले के आधारमा बंगलादेशको बाटोको कुरा गर्नु भयोरु, सांसद भट्टराईले प्रश्न गरे, एमाले लम्पसारवादका विरुद्ध उभिन्छ ।

उनले नेपालका लागि हवाई रुट, सीमा समस्या समाधान, डुबान, पञ्चेश्वर परियोजना लगायतका विषय चासोमा रहेको तर त्यसमा कुनै प्रगति नभए भन्दै भट्टराईले प्रश्न गरे– विमस्टेक, सार्कको बारेमा कुरा उठाउनुहोला भन्ने ठानेका थियौं । ईपीजीको बारेमा प्रश्न उठाउँदा परिस्थिति बिग्रिन्छ, डुबानबारे कुरा उठाउँदा, सीमाबारे प्रश्न उठाउँदा माहोल बिग्रन्छ भने के गर्दा चाहिँ सप्रिन्छ