मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसपटक प्रचण्डले ल्याएको भनेको भारतबाट १५ वटा राँगा मात्रै होः ओली

यसपटक प्रचण्डले ल्याएको भनेको भारतबाट १५ वटा राँगा मात्रै होः ओली

अपि टाइम्स


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू किशोर हुँदा राँगाको पिठ्यूँमा बसेर भैंसी चराउने गरेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका ह

‘यहाँ हुन त राँगा चढेको कुरा फेरि ओमिट हुने होला। म किशोर हुने बेलामा राँगाको पिठ्यूँमा बसेर राँगा चराउथेँ,’ ओलीले भने।

उनले पूर्वराष्ट्रपति रामवरण यादवसँग पनि यस विषयमा कुराकानी भएको संसदमा बताए।
‘पूर्वराष्टट्रपति रामवरण यादवसँग कुरा हुँदा पनि मैले भनेको थिएँ, मैले राँगा चराएको भनेँ। उहाँले म त झन तराईको मान्छे कति राँगा, भैंसी चराइयो भनेर भन्नुभयो। सभामुख महोदय रेकर्डमा राख्ने नराख्ने तपाईंको कुरा हो।’

तराईमा अहिलेपनि राँगाको पिठ्यूँमा चढ्ने र चराउने गरेको बताउँदै ओलीले पशुपतिनाथले त साँढे नै चढ्ने गरेको उल्लेख गरे।
उनले प्रचण्डले भारतबाट १५ वटा राँगा ल्याएको बताए । उनले भने ‘यसपटक प्रचण्डले यसपटक ल्याएको भनेको १५ वटा राँगा मात्रै हो ।’ ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उनले भने, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ ?’ ‘चढेर ल्याए पनि, हिँडाएर ल्याए पनि, डोर्‍याएर ल्याए पनि त्यही राँगा हो’,उनले भने।