मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बनगाईमा ग्लोबल बैङ्कको गमला विरुवा, वडा अध्यक्ष गिरी परे गमक्क

बनगाईमा ग्लोबल बैङ्कको गमला विरुवा, वडा अध्यक्ष गिरी परे गमक्क

अपि टाइम्स

काठमाण्डौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकाको पश्चिमी सिमातर्फ पर्ने वडा नम्बर ७ मा पर्ने बनगाई चोक दिनप्रतिदिन सुन्दर हुँदै गएको छ । वडा अध्यक्ष विष्णु गिरीको सक्रियताले रुप परिवर्तन गरिरहेको बनगाई अहिले रातको समयमा झलमल्ल देखिन्छ भने फराकिलो बाटोले विकसित सहरको झल्को दिन्छ ।

अहिले यहि सौन्दर्यीकरणलाई थप उचाइमा पुर्याउन वृक्षरोपण लगायतका कार्यक्रम भइरहेका छन् । यसै सन्दर्भमा ग्लोबल आइएमइ बैङक बनगाई शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार वृक्षरोपण गरेको छ । वडा अध्यक्ष गिरीको प्रमुख आतिथ्यमा डोहोटे मार्गको सडक किनारमा ३ दर्जन गमला विरुवा रोपिएका हुन् । ती विरुवाहरु सडक र सहरको सौन्दर्यता प्रदान गर्ने प्रजातिका रहेको वैङ्कका प्रबन्धक मनोज शर्माले बताए । बैङ्कले हरेक बर्ष यस्तै सामाजिक तथा मानवीय कार्य गर्दै आइरहेको शर्माको भनाई छ । विरुवासंगै सिंचाई गर्ने हजारी पनि वितरण गरिएको शर्माले बताए । गमलामा पैसा बचत गर्ने लगायतका सन्देश लेखिएका छन् ।

बैङ्कले प्रदान गरेका विरुवाले आफ्नो वडाको सौन्दर्य बढाउन ठुलो योगदान दिएको भन्दै वडा अध्यक्ष गिरीले धन्यबाद दिए । उनले अब यी विरुवाको हुर्काउने र बढाउने जिम्मा पनि वडाले लिने बताए । वनगाईलाई वाणगंगाकै सुन्दर सहर बनाउने योजना आफ्नो रहेको उनले बताए । विरुवा ग्रहण गर्ने क्रममा वडा अध्यक्ष गिरी गमक्क परेका थिए ।

कार्यक्रममा स्थानीय समाजसेवी शिवचन्द्र आचार्य, ठाकुर प्रसाद पौडेल, उदयमान कुँवर, दामोदर आचार्य, स्थानीय शान्ति सृजना युवा क्लवका पूर्व अध्यक्षद्धय मान बहादुर कार्की, युग बहादुर केसी, बैङ्कका कर्मचारीको सहभागिता थियो । शान्ति सिर्जना क्लवमा आवद्ध दिदीबहिनीको धेरै ठुलो भूमिकामा वृक्षरोपण सम्पन्न भएको समाजसेवी कुशल पौडेलले अपि टाइम्सलाई बताए ।