मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा गर्मी उस्तै, आज पहाडी केहि जिल्लामा वर्षाको सम्भावना

तराईमा गर्मी उस्तै, आज पहाडी केहि जिल्लामा वर्षाको सम्भावना

अपि टाइम्स

काठमाण्डौ – आज मङ्गलवार पहाडी जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्

विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाका केही ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार बाग्मती र कोशी प्रदेशमा केही पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।

काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् । हिजो सोमवार पनि यी प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको थियो । मौसम बदली र वर्षाका कारण हिजो बेलुकीपख केही शितल भएको थियो ।

आज पहाडी क्षेत्रमा पानी पर्ने अनुमान रहे पनि तराईका जिल्लामा भने गर्मी उस्तै छ । बिहानदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईको जनजीवन प्रभावित भइरहेको छ । तराईमा अझै एकरदुई दिन यस्तै गर्मीको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । केही दिनदेखि तराईमा तातो हावारुलुु चल्न थालेको छ ।

गर्मी र ुलुु बाट जोगिन प्रशस्त पानी पिउन, सकेसम्म घाममा नहिँड्न, हिँड्नै परे छाता ओढ्न विज्ञले सुझाव दिँदै आएका छन् । प्रि–मनसुनको अवधि सकिए पनि मनसुनी प्रणाली विकसित नहुँदा पानी पर्न सकेको छैन भने गर्मी पनि बढिरहेको छ ।