मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरिकृष्ण कार्की प्रधानन्यायाधीश हुन हुन्न भन्दै पर्यो उजुरी

हरिकृष्ण कार्की प्रधानन्यायाधीश हुन हुन्न भन्दै पर्यो उजुरी

अपि टाइम्स

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।

कायममुकायम प्रधानन्यायाधीश कार्की, कसैलाई प्रधानन्यायाधीश हुन अयोग्य छ भन्ने लागेमा यही जेठ २६ गतेभित्र उजुरी दिन समितिले आह्वान गरेको छ।
सोबमोजिम सोमबार रतन भण्डारीले उनीविरुद्ध खुला रूपमा उजुरी हालेका हुन्।

असारमा नियुक्ति पाएर साउनमा कार्यकाल सकिने कार्कीले सेवानिवृत्त भएपछि पूर्व प्रधानन्यायाधीशलाई राज्यबाट पाउने करोडौंको गाडी, पेन्सन, सुरक्षाकर्मीजस्ता सुविधाको लोभले त्यो पदमा जान खोजेको आरोप उजुरीमा लगाइएको छ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले पदमा हुँदा पदीय आचरण र सामान्य विधिशास्त्रीय प्रचलन र आचारसंहिताविपरीत काम गरेकाले उनी प्रधानन्यायाधीश हुन अयोग्य रहेको दाबी उजुरीकर्ता भण्डारीले गरेका छन्।

‘कामु प्रन्या हुँदा कार्कीले आचारसंहिताविपरीतका मुद्दा हेर्दै स्वार्थ बाझिने गरी फैसला गरेका र सेवानिवृत्त भएपछि राज्यकोषमाथि लुट मच्चाउन एक महिनाका लागि फोटो झुन्ड्याउनेगरी प्रधानन्यायाधीशको बढुवाका लागि कसरत गरिरहेकाले उनको नियुक्ति सम्बन्धमा अरू पनि केही भए सबैले संसदीय समितिमा उजुरी गरौँ,’ भण्डारीले आफ्नो उजुरीमा भनेका छन्, ‘कार्कीको प्रन्यामा हुन लागेको नियुक्ति रोकौँ। राज्यकोषको सम्पत्ति दुरुपयोग हुनबाट जोगाऔँ। न्यायालयको गरिमा बढाउन हरिकृष्ण कार्कीहरूलाई प्रधानन्यायाधीश हुन नदिऔँ।’

गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सर्वोच्च अदालत झन्डै १५ महिनादेखि प्रधानन्यायाधीशविहीन छ।