मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली शरणार्थी प्रकरणः आज तेश्रो दिन पनि थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणः आज तेश्रो दिन पनि थुनछेक बहस

अपि टाइम्स

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तबारे काठमाडौं जिल्ला अदालतमा गत आइतबार सुरु थुनछेक बहस आज ९मंगलबार० तेस्रो दिन पनि जारी रहनेछ।

प्रतिवादीविरुद्ध जारी सरकारी वकिलको बहसले आज पनि निरन्तरता पाउने भएको हो।

आइतबारदेखि हिजो सोमबारसम्म सरकारी वकिलहरू महेश खत्री, जनकप्रसाद घिमिरे, सीताराम अर्याल, प्रकाश घिमिरे र दिनेश भट्टराईले बहस गरिसकेका छन्।

प्रतिवादीविरुद्ध अझै अधिवक्ताद्वय शेरबहादुर परियार र प्रकाश घिमिरेले बहस गर्न बाँकी छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको हो।

बुधबारदेखि ६ दिन भने प्रतिवादीका तर्फबाट बहसका लागि समय छुट्याइएको छ। अर्थात् अर्को मंगलबारसम्म प्रतिवादीका वकिलले बहस गर्नेछन्।

त्यसपछि बुधबार सरकारी वकिलले जवाफी बहस गरेपछि त्यही दिन न्यायाधीशले थुनछेक आदेश दिने तालिका छ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउने भनी लाखौँ ठगी गरेको अभियोगमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।