मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घिमिरे केन्द्रीय खानेपानी विभागको प्रमुख, कपिलवस्तुका अरु नेता कसले के पाए ?

घिमिरे केन्द्रीय खानेपानी विभागको प्रमुख, कपिलवस्तुका अरु नेता कसले के पाए ?

अपि टाइम्स

काठमाडौँ । नेकपा (एमाले) बाट केन्द्रीय तहको भूमिकामा रहेका नेताहरुले भूगोलको जिम्मेवारी पाएका छन् । एमालेको केन्द्रीय सचिवालय बैठकले नेताहरुलाई भूगोल तोकेर खटाएको हो ।

कपिलवस्तुमा पार्टी पोलिव्यूरो सदस्यसहित पाँच जना केन्द्रीय सदस्य रहेका छन् ।

पोलिटव्यूरो सदस्य विमला घिमिरेले केन्द्रीय खानेपानी तथा सरसफाई विभागमा प्रमुखको जिम्मेवारी पाएकि छिन् भने केन्द्रीय सदस्य बलराम अधिकारीले नवलपरासी पश्चिमको इन्चार्जको भूमिका पाएका छन् ।

रुपन्देहीका खिमलाल भट्टराई कपिलवस्तु इन्चार्ज हुँदा गिरिधारीलाल न्यौपानेले बाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिकाको भूमिका पाएका छन् । साथै उनले कृषि तथा पशुपन्छी विभागको प्रमुख भएर काम गर्ने छन् ।

पार्टी केन्द्रीय सदस्य बृजेश कुमार गुप्ताले कपिलवस्तु नगरपालिका, महाराजगञ्ज नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकाको इन्चार्जको भूमिका पाएका छन् ।

अर्का केन्द्रीय सदस्य।सुशील कुमार श्रीवास्तवले शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र बिजयनगर गाउँपालिकाको इन्चार्जको भूमिका पाएका छन् ।

जिल्लाका अर्का केन्द्रीय सदस्य सिराज अहमद फारुकीले भने मुस्लिम फाँट इन्चार्जको जिम्मेवारी पाएका छन् । उनलाई लुम्बिनी प्रदेशको इन्चार्ज बनाइएको हो ।