मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकता विधेयकमा अदालतले संविधानको मर्म अनुसार काम गर्नेछः प्रधानमन्त्री

नागरिकता विधेयकमा अदालतले संविधानको मर्म अनुसार काम गर्नेछः प्रधानमन्त्री

अपि टाइम्स

काठमाडौं । प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक नरोकिने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त विश्वास प्रकट गरेका हुन्।

‘अदालतले पनि संविधान र लोकतन्त्रको मर्म र भावनाभन्दा बाहिर गएर त पक्कै निर्णय गर्दैन। हिजो पनि पटकपटक सदन विघटन हुँदा अदालतले पुनर्स्थापना गरेको इतिहास त हामीसँग छँदैछ,’प्रधानमन्त्री प्रचण्डले भने, ‘म त्यो विश्वास गर्छु, तर अन्ततस् अदालतको फैसला हामी सबैलाई मान्य हुन्छ नै।’