मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चित्लाङमा मदन भण्डारी प्रविधि विश्वविद्यालय (यस्तो बन्ने छ)

चित्लाङमा मदन भण्डारी प्रविधि विश्वविद्यालय (यस्तो बन्ने छ)

अपि टाइम्स

काठमाडौँ । ४ हजार विद्यार्थी अध्ययन गर्न मिल्ने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरण प्रभाव मूल्याङ्कन भएको छ।

नेपाल इन्भाइरोमेन्टर एन्ड साइन्टिफिक सर्भिसेज प्रालिले वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरेको हो।

सन् २०१९ मा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाका लागि पूर्वधार निर्माण विकास समिति गठन गरिएको थियो।

सरकारले विश्वविद्याल स्थापनाले अनुसन्धान, शिक्षा र नयाँ ज्ञान प्रणालीलाई प्रोत्साहन गर्दै शैक्षिकस्तर बढाउने विश्वास लिएको छ।

यसले राष्ट्रको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने, युवा नागरिकमा अवसर र सीप सिर्जना हुने दाबी गरिएको छ।

विश्वविद्यानलय मकवानपुरको चित्लाङमा हुने छ। काठमाडौंबाट चन्द्रगिरिको बाटो हुँदै जाँदा २६।५ किमी दूरीमा पर्छ। २ लाख २३ हजार वर्ग मिटरमा भवन बनाउने तयारी छ। ४ हजार विद्यार्थी एकै पटक अध्ययन गराउन सकिने योजना सरकारको छ।

थाहा नगरपालिकामा ५१ प्रतिशत कृषियोग्य जमिन रहेको छ। वातावरणीय अध्ययनबाट १३ प्रतिशत कृषियोग्य देखिएको छ।

विश्वविद्यालयका लागि शुरुका १० वर्षमा वन फडानी नगर्ने योजना छ। अहिले २५५ वटा रुख रोपिएको छ। ३ हजार निल काँडा पनि रोपिसकेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ।

विश्वविद्यालयमा शैक्षिक भवन, कम्युनल भवन, छात्रावास, ६०७ कर्मचारीका लागि आवास, ४० कोठा भएको गेष्ट हाउस रहने छन्।

२५ शय्याको अस्पताल, विद्यालय, सडक, खानेपानी आपूर्ति र ढल निकास, बिजुली आपूर्ति, विद्युत र सञ्चार सञ्जाल रहने छन्।

आयोजनाका लागि ५० हेक्टर जग्गा चाहिनेमा ४१ हेक्टर वन क्षेत्र रहेको छ। त्यहाँ चन्द्रगिरि सामुदायिक वनको जग्गा पर्छ।

गेष्ट हाउस र हस्पिटलका लागि १३ रोपनी, कर्मचारी र स्कुलका लागि ९५ रोपनी, स्टुडियो अपार्टमेन्टका लागि १२ रोपनी, स्टोरेजका लागि ५० रोपनी जग्गा आवश्यक पर्छ।

बाँकी जग्गा शैक्षिक भवन, सर्भिस सेन्टर, विद्यार्थी छात्रावास, सभाहल, लाइबेरीका लागि प्रयोग हुने वातावरण प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

आयोजना निर्माणका लागि ३२ हजार १८३ मेट्रिक टन सिमेन्ट, फलामे छड ५ हजार २३७ मेट्रिकटन, साढे २१ लाख इट्टा लाग्ने अनुमान गरिएको छ। आयोजनाका कुल लागत अनुमान ४९ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।