मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायणले गर्‍यो ‘बार्षिक समिक्षा तथा सुझाव संकलन’

चाँगुनारायणले गर्‍यो ‘बार्षिक समिक्षा तथा सुझाव संकलन’

अपि टाइम्स

काठमाण्डौँ । भक्तपुरको खरिपाटीस्थित चाँगुनारायण नगरपालिकाले बार्षिक समिक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षतामा बुधबार सम्पन्न भएको कार्यक्रममा स्थानीय तहको निर्वाचनपछिको १ बर्षको समिक्षा, प्रथम पञ्चबर्षिय आवधिक योजनाको मस्यौदा प्रस्तुतीकरण तथा र आ.व २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट निर्माणको लागि सुझाब संकलन माग भएको थियो ।

नगर प्रमुख खत्रीले नगरको विकासको लागि आवश्यक सुझाव माग गर्दै आगामी बजेटका प्राथमिकताबारे संक्षिप्तमा जानकारी दिएका थिए ।

निर्वाचनपछि नगरबाट भएको सेवाप्रवाह तथा विकासका कामको बारेमा संक्षिप्त जानकारी दिँदै क्षेत्रीले आगामी बजेटको लागि सुझाव पनि माग गरेका थिए । भक्तपुरका ४ वटा नगरपालिकामध्ये चाँगुनारायण ऐतिहासिक एवं पुरातात्विक महत्वको नगरपालिका मानिन्छ ।

लगायतले सुझाव दिएका छन् । नगर प्रमुख खत्रीले प्राप्त सुझावका आधारमा बजेट पेश गर्ने बताए ।

नगर उपप्रमुख रमेश बुढाथोकीको स्वागत, वडा नम्ब्र ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता जनक खत्रीको संचालनमा समपन्न कार्यक्रममा सहभागि सबैलाई प्रमुख प्रशासक अधिकृत चुरामणी पन्थीले धन्यबाद दिएका थिए ।