मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपामा करिब दुई लाख पार्टी सदस्य, रफ्तार पहिलेभन्दा सुस्त

रास्वपामा करिब दुई लाख पार्टी सदस्य, रफ्तार पहिलेभन्दा सुस्त

अपि टाइम्स

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी अहिले ‘मिसन २०८४’ मा छ । त्यसै अनुसार पार्टीको संगठन विस्तार भइरहेको छ ।
बुधबारसम्म डेढ लाख बढीले सदस्यताका लागि आवेदन भरेका छन्। संगठन विभाग प्रमुख सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार ६३ हजारले अनलाइनबाट आवेदन दिएका छन् भने ८५ हजारले हस्तलिखित आवेदन भरिसकेका छन्। उनीहरुको सदस्यता स्वीकृतिको प्रक्रियामा छ।

३२ हजारले पाँच वर्षको लागि सदस्यता नवीकरण गराइसकेको बुर्लाकोटीले प्रस्तुत गरेको तथ्याङ्कमा छ । यसरी हेर्दा करिब रास्वपामा २ लाख सदस्य पुपेका देखिन्छ । सदस्यता लिने गाउँमाभन्दा सहरमा बढी छन् ।

सदस्यता लिने बढे पनि तुलनात्मक रुपमा भने रफ्तार घटेको देखिन्छ । बुर्लाकोटी भन्छन् कुनै दिन दैनिक ५ हजारका दरले सदस्यता लिइएको हुन्थ्यो तर अहिले २ सयभन्दा बढीले आवेदन दिइरहेका छन् । गति सुस्त छ ।’ अघिल्लो वर्षको असार ७ मा गठन भएको रास्वपाले ४ मंसिरको चुनावमा २० सिट जितेको थियो। उपचुनावमा चितवनबाट फेरि सभापति रवि ामिछाने र तनहुँबाट अर्थशाष्त्री स्वर्णिम विजयी भएसंगै सिट संख्या २१ पुगेको छ । रास्वपामा नयाँ पिँढीसंगै अन्य पार्टीबाट पनि पार्टीमा जोडिन क्रम बढ्दो रहेको नेताहरु बताउँछन् ।

पार्टीमा अन्य पार्टीमा नअटेका, बदनाम भएका, पार्टी छाडेका लगायतका नेता कार्यकर्ता जोडिएको भन्दै समस्या हुन सक्नेमा नेताहरुको डर छ । यसलाई ब्यवस्थित गर्न नसके संख्या बढे पनि ब्यवस्थापन गर्न कठिन हुने सांसद तोशिमा कार्कीले बताइन् ।

रास्वपाले जिल्ला तहसम्म पनि अनुशासन समिति बनाउने तयारी गरेको छ। यसरी अनुशासन समिति बनेपछि त्यो समस्या व्यवस्थित हुने रास्वपा नेताहरु बताउँछन् ।