मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भण्डारी एमाले केन्द्रीय शिक्षा तथा मानव श्रोत विभागको सदस्यमा मनोनित

भण्डारी एमाले केन्द्रीय शिक्षा तथा मानव श्रोत विभागको सदस्यमा मनोनित

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुका शैक्षिक ब्यक्तित्व विष्णु भण्डारी नेकपा एमाले केन्द्रीय शिक्षा तथा मानव श्रोत विभागको सदस्यमा मनोनयन भएका छन् ।

पार्टीको राष्ट्रिय शिक्षक संगठनको अध्यक्षसमेत भइसकेका भण्डारीलाई पार्टीले केन्द्रीय शिक्षा विभागको सदस्य बनाएको हो ।

भण्डारी वाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित जनजागृति मावि मोतिपुरका प्रधानाध्यापक तथा कवि हुन् । उनले पार्टीले दिएको जिम्मेवारी दत्तचित्त भएर पुरा गर्ने अपि टाइम्समार्फत् बताए ।