मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाका हेडको शतक

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाका हेडको शतक

अपि टाइम्स

काठमाण्डौ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसँगको खेलमा अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ । उसले हिजो पहिलो दिन नै उच्च योगफल बनाएको छ ।

इङ्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले ८५ ओभरमा ३ विकेट गुमाउँदै ३ सय २७ रन बनाउँदा पहिलो दिनको खेल सकिएको छ । अस्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेड १ सय ४६ रनमा अविजित छन् । हेड विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा शतक हान्ने पहिलो खेलाडी समेत बनेका छन् ।

त्यस्तै, स्टिभ स्मिथ ९५ रनमा अविजित रहेका छन् । उस्मान खवाजा शून्य रनमा आउट भए । मार्नुस लाबुसेन २६ र डेविड वार्नर ४३ रनमा आउट भए ।

दोस्रो दिनको खेल दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।