भक्तपुर । भक्तपुरका दुई ठाउँबाट सुनका गरगहना र नगद गरी १८ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा हिजो नगद र गरगहना चोरी भएको हो ।
चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ १० लाख ९६ हजार छ सय २५ रुपैयाँ बराबरको सुनको गहना र नगद ३१ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
त्यस्तै, प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भइ मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने बबिता भट्टराईको डेराबाट सात लाख १२ हजार रुपैयाँ बराबरको सुनका गरहगहना र १६ हजार रुपैयाँ नगद चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्नको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया