मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी केवलकारको कारण लुम्बिनी प्रदेशसभाको वैठक स्थगित

लुम्बिनी केवलकारको कारण लुम्बिनी प्रदेशसभाको वैठक स्थगित

अपि टाइम्स

बुटवल । लुम्बिनी केवलकारको उद्घाटनका कारण लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको प्रदेश सभाको बैठक स्थगित भएको छ । सभामुख तुलाराम घर्ती मगरका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल बुटवलमा केबलकार उद्घाटन गर्न आउने भएपछि प्रधानमन्त्रीको स्वागतमा मुख्यमन्त्री, सभामुखलगायत बुटवल आउनुपर्ने भएकाले बैठक स्थगित हो ।

आज स्थगित भएको प्रदेशसभाको बैठक भोलि अर्थात जेठ २६ गते बस्ने छ । जसमा सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम पेस गर्ने छ ।

सचिवालयले भने विशेष कारणवश भन्दै सूचना निकालेर बैठक स्थगित गरिएको जनाएको छ । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनद्वारा हस्ताक्षरित सूचनामा प्रदेशसभाको नियमावली २०७९ को नियम ३ को उपनियम ३ बमोजिम बैठक स्थगित भएको सूचना टाँस गरिएको छ ।